काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.२९ अंकले बढेको हो । ०.१८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८२१.६० अंकमा उक्लिएको छ ।
आज २६९ कम्पनीका २० लाख ६३ हजार ७ सय ३७ कित्ता शेयर किनबेच हुँदा ६४ करोड १ लाख १७ हजार २ सय ६०.५२ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन आज आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ९.९९ प्रतिशतले नाफा कमाएका छन् भने आजैबाट कारोबार शुरु भएको माई खोला हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ५ करोड १ लाख ४६ हजार ३ सय ६१.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार १६.९६ अंकले बजार घट्दा ९० करोड ५ लाख ६३ हजार ८ सय ५६.२५ रुपियाँ र हिजो सोमबार ३.३४ अंकले बजार घट्दा ६९ करोड ७८ लाख २ हजार २ सय ५२.१८ रुपियाँ बराबरको कारोबार भएको थियो ।
FACEBOOK COMMENTS