बुटवल, पुस ११ – रुपन्देही व्यापार संघको विहीवार बसेको कार्य समितिको बैठकले विभिन्न पदका लागि सदस्यहरु मनोनयन गरेको छ । बैठकले सल्लाहकार, मानार्थ सदस्य तथा कार्य समिति सदस्यहरु मनोनयन गरेको हो ।
संघको १० औं अधिवेशनबाट निर्वाचित कार्य समितिको दोस्रो बैठकले सो निर्णय गरेको हो ।
बैठकले संघको कार्यसमिति सदस्यहरुमा प्रेमनाथ पाण्डे, कृष्णप्रसाद अर्याल, केशव खनाल, मिलन सुनार र राजेन्द्र ढकाललाई मनोनयन गरेको छ । मानार्थ सदस्यमा बैकुण्ठ कोइरालालााई मनानयन गरिएको छ ।
यसैगरि सल्लाहाकारमा जोगलादल विक, खेमराज पुन, ऋषि बहादुर भण्डारी, डा। रोहितराज क्षेत्री, माधव नेपाल, तुल्सीराम बञ्जाडे, सूर्यबहादुर भट्टराई, कृष्ण प्रसाद पाण्डे, आनन्द प्रसाद रेग्मी, बालाराम भट्टरााई, सुरज पाण्डे, रणबहादुर खनाल र समुन्द्र जिसीलाई मनोनयन गरिएको छ ।
बैठकले संघको आर्थिक सल्लाहाकारमा लुम्बिनी बाणिज्य क्याम्पसका प्रमुख डा। ताराप्रसाद उपाध्याय, प्राविधिक सल्लाहाकारमा बुटवल उपमहानगरपालिकाका इन्जिनियर ज्ञानप्रसाद अर्याल, प्रेस सल्लाहाकारमा सुमन अधिकारी र कानुनी सल्लाहाकारमा कमल बस्याललाई मनोनयन गरेको छ ।
FACEBOOK COMMENTS