काठमाडौं । कामना सेवा विकास बैंक र अरोगिन हेल्थ केयर एण्ड रिसर्च, विशालनगर बीच सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले काठमाडौं विशालनगर स्थित अरोगिन हेल्थ केयर एण्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिट्मेन्टमा मा ४५% सम्मको छुट पाइने बैंकले जनाएकाे छ ।
साथै, स्किन केयरमा ३० प्रतिशत, डेन्टल केयरमा २० प्रतिशत, डे केयरमा १५ प्रतिशत, फिजियोथेरापीमा ५ प्रतिशत, ल्याब सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुटहरु प्राप्त गर्नेछन् ।
बैंकसँग आबद्धताको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने र यस सम्झौताबाट सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
FACEBOOK COMMENTS