काठमाडौं, -पुस १५ – बुधबारबाट देशभर जाडो बढ्ने भएको छ । अहिले जम्मू–कश्मीरमाथि रहेको पश्चिमी न्यून चापिय प्रणाली पूर्व सर्ने क्रममा मंगलबारसम्म नेपाल आइपुग्ने भएको देशभर चिसो बढ्ने संम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
यो प्रणालीका कारण मंगलबार नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपात हुने सम्भावना छ । यो प्रणाली बुधबार साँझसम्ममा अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा समेत मध्यम देखी भारी हिमपातको सम्भावना रहेको विभागको अनुमान रहेको छ।
यस्तै यही प्रणालीका कारण आउँदो बिहीबार र शुक्रबार केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । सो प्रणालीको कारणले शुक्रबार समेत बर्षा र हिमपात गराउने सम्भावना रहेको छ ।
FACEBOOK COMMENTS