काठमाडौं । आन्तरिक राजस्व विभागले शेयर बजारमा लागि रहेको पटके काराेबारमा अल्पकालीन ७.५ प्रतिशत र दीर्घकालमा ५ प्रतिशत करलाइ नै अन्तिम कर भएको जनाएको छ । विभागले विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।
पछिल्लो समय करको विषयलाई लिएर बजारमा पहिरो जान थालेपछि विभागले करको विषयमा लगानीकर्तालाई जानकारी गराएको हो । विभागले साढे ७ र ५ प्रतिशत प्रतिशत पुँजीगत लाभकर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको जनाएको छ ।
FACEBOOK COMMENTS