नेपाल उद्योग वाणिज्य महासंघको चुनावको माहोल तातिरहेको थियो । संघमा वरिष्ठका आकांक्षीहरू आ–आफ्नो प्य ानल बनाएर भोट अपिल गरिरहेका थिए ।
जिल्लास्तरीय भ्रमण पनि जोड्कातोडले भइरहेको थियो । केही पूर्व अध्यक्षहरूको लावालसकर लिएर हिँडेका थिए त कोही आफ्नो मत कसरी सुरक्षित गर्ने भन्नेमा केन्द्रित थिए ।
सोही समयमा वरिष्ठ उपाध्यक्षका आकांक्षी अन्जन श्रेष्ठले भने फरक योजना बनाए । विशेष गरेर जिल्ला उद्योग वाणिज्य संघहरू आन्दोलित भइरहेको थियो । निजी क्षेत्रलाई निकै नै सकसपूर्ण समय रहेको छ । यो सकसपूर्ण समस्या ठूला कर्पोरेट हाउसलाई पनि परेको छ भने साना मझ्यौला व्यवसायीलाई पनि परेको छ । यस्तो बेलामा कसरी निकास दिन सकिन्छ भन्ने जवाफ सरकारसँग त छैन नै व्यवसायीसँग समेत कुनै ठोस योजना छैन । यसका लागि बृहत् बहसको खाँचो थियो ।
यसैलाई अन्जनले आफनो एजेण्डा बनाएर लथालिङ्ग अर्थतन्त्रको बहस लिएर जिल्ला–जिल्लामा पुगे । उनले अफ्नो साथमा पूर्वगर्भरनर चिरञ्जीवी नेपाल जो नेपालको अर्थ नीतिमा गहिरो अनुभव हासिल रहेका छन् उनलाई समेत कार्यक्रमहरमा सहभागि गराए । उनको यो कार्यले जिल्लामा व्यवसायीहरूमा खस्केको मनोबललाई केही बढायो । उनले सडकदेखि सरकारसम्म आफ्नो क्षमता प्रर्दशन गरे । यसको प्रभाव जिल्ला र नगरमा प¥यो र जिल्ला नगर नतमस्तक नै भए ।
अहिले राजनीतिक मारमा व्यवसायीहरू पर्नु भनेको नै नीतिगत त्रुटी हो । अहिलेको नीतिले नै राज्यले जहिले पनि व्यवसायीलाई मात्रै च्याप्ने चलन भयो । दीर्घकालका लागि समाधान नखोजेका कारण अहिले यो अवस्था आयो । निजी क्षेत्रबाट धेरै लगानी आयो । तर राज्यले केही गर्न सकेन । सरकारले व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा सधैँ डराई–डराई काम गर्नुपर्ने अवस्था आयो । सुन्ने भन्दा थुन्ने मात्रै नीति हाबी हुँदै गयो । हामी जिम्मेवार हुन तयार छौँ । तर, राज्यले लगानी गर्ने वातावरण नै ल्याउन सकेन । यही लथालिङ्ग अवस्थालाई बदल्न प्रयत्नशील हुने बाचा सम्पूर्ण व्यवसायीलाई उनले दिएका छन् ।
अर्कोतर्फ चन्द्र ढकाल अध्यक्ष भइसकेका छन् उनलाई पनि पूर्ण साथ दिएर आफ्नो वरिष्ठका कार्यकाल सकाउने र यो तीन वर्षमा धेरै सुधारहरू गरेर आफ्नो अध्यक्षको कार्यकाल उपलब्धिमूलक बनाउने अन्जनको योजना छ । रणनीतिकरूपमा पनि अन्जन सफल नै रहे । नेपालका चलेका आर्थिक अनलाइनदेखि दैनिक पत्रिकाहरूसम्म उनले प्रभाव बनाउन सफल भए ।
पारिवारिक रूपमा उनका हजुरआमाले तीन सय रूपैयाँ लगानी गरेर पुष्टकारी व्यवसायबाट उद्यमशीलताको विकास गरिदिएको यो परिवार उनको मध्यकालसम्म आइसक्दा उनका बुवा गणेश श्रेष्ठ र मामा आजाद श्रेष्ठले सुजल फुडलाई ब्राण्ड बनाइसकेका थिए । यही ब्राडमा मात्र सङ्कुचित भएर श्रेष्ठ बसेनन् र लालिगुराँस प्रतिक चिह्न बोकेर अन्जन आफ्ना भाइहरू निरञ्जन र निराकारलाई साथमा लिएर पुराना र सीमित कर्पोरेट हाउसहरूमा लक्ष्मी ग्रुपको छुट्टै पहिचाहनसहित सफल यत्रामा लागिरहे ।
सुजल डेरी, सुजल फुड, हुण्डाई गाडी, छड, साल्ट ट्रेडिङ कर्पोरेशनको बोर्ड डाइरेक्टर लगायतमा आफ्नो दरिलो उपस्थिति जनाएका छन् अन्जनले । यसैबीच नेपाल आटोमोबाइल एसोसिएशन नाडाका अध्यक्ष हुँदै महासंघको वेटिङ अध्यक्षका रूपमा समेत अन्जनले अफ्नो सफलतालाई शिखरमा पु¥याएका छन् ।
FACEBOOK COMMENTS