काठमाडौं । रियलमीले नयाँ पुस्ता अर्थात जेन–जिलाई लक्षित गरेर नेपालमा आफ्ना नया दुईवटा स्मार्टफोन सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रममा आयोजना गरेर नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरिएको हो ।
कम्पनीका अनुसार एन सिरिजले विविधता, नयाँपन र असिमित सम्भावनाहरु जनाउँछ । कटिङ एज फिचरहरु, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरुले नेपाली नयाँ पुस्ताको मन जित्ने कम्पनीको दाबी छ ।
स्मार्टफोन सार्वजनिक गर्दै रियलमीका कन्ट्री हेड मुनिष गिरीले रियलमी नार्जो एन ५५ र एन ५३ संगै नेपालमा स्मार्टफोनको नयाँ लाइनअप ल्याएको बताए । नार्जो एन ५३ रियलमीको अहिले सम्मकै सबैभन्दा स्लिम एन्ट्री लेभल अल राउन्डर रहेको उनको दाबी छ ।
‘यो फोन जति स्लिम छ त्यति नै शक्तिशाली पनि छ । अर्कातर्फ रियलमी नार्जो एन ५५ ले नेक्स्ट जेन पावरहाउसको रूपमा स्मार्टफोन अनुभवलाई अन्त शानदार बनाउँछ’, उनले भने ।
६ ७४ इन्चको मिनी डुप फुल स्क्रिन र ९०३५ को स्किन टु–बड़ी रेसियो भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्स्पिरियन्स प्रदान गर्दछ । यो डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेटः र फुलएचडि प्लस रेजोलुसन रहेको छ । जुन यो मुल्यमा उपलब्ध मोडलहरु मध्य सबैभन्दा धेरै हो । यो फोन फुल चार्ज हुन जम्मा ८८ मिनेट र आधा चार्ज हुन जम्मा ३१ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
यी दुबै फोनहरु देशभर अनलाइन र आधिकारिक बिक्रेता मार्फत उपलब्ध छन् । यी फोनको मूल्य १५ हजार ९ सय ९९ रुपैयाँदेखि २४ हजार चार सय ९९ रुपैयाँसम्म रहेको छ ।
FACEBOOK COMMENTS