काठमाडौं, पुस १७ – सरकारले एक हप्ताअघि परीक्षणका रुपमा सुरु गरेको वैदेशिक रोजगारीको माग, आवेदन र छनोट लगायतका अनलाइन प्रक्रियालाई बुधबारबाट कार्यान्वयनमा ल्याएको छ ।
नयाँ वर्ष २०२० को अवसरसँगै सुरु गरिएको अनलाइन प्रक्रियालाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआईएमएस) मा जोडेर सरकारले श्रमिकका सबै प्रक्रियालाई आवश्यकताअनुसार अनलाइनमार्फत नै अनुगमन गर्नेछ ।
विदेश जाने प्रक्रियामा रहेका युवामाथि हुने ठगी नियन्त्रण गर्न सरकारले आवश्यकता अनुसार अनलाइनबाट निरीक्षण गर्न यो प्रणालीको सुरुवात गरेको हो । यो प्रणालीको विकाससँगै वैदेशिक रोजगार विभागले श्रमिकका लागि हुने माग, आवेदन र छनोट प्रक्रियामा म्यानपावरको एकाधिकार तोडिएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS