काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान २०२३ को चौथो संस्करणले सम्पन्न भएको छ ।
विश्व वातावरण दिवसको अवसरमा जुन ५ मा होटल हायात प्लेसमा एक समापन कार्यक्रम आयोजना गरेर उक्त अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका हुन् । कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा लगायत अभियानमा संलग्न अन्य साझेदार निकायहरू र सरकारी अधिकारीहरू तथा मुख्य सरोकारवालाहरू सहभागी थिए ।
चार मुख्य हिमालहरु – सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरूणत्से सरसफाई गर्ने उद्देश्यका साथ यो अभियान २८ मार्चमा सुरु भएको थियो । अत्यधिक उचाइमा रहेका यी हिमालहरुबाट फोहोर संकलन गर्ने जोखिमपूर्ण यात्रामा नेपाल आर्मीका सदस्यहरु र शेर्पाहरु गरी ९७ जना सहभागी थिए ।
टिमको अथक प्रयासले ३५,७०८ किलोग्राम फोहोर सङ्कलन गर्न सफल भएको थियो । यसरी संकलन गरिएका फोहोरहरु काठमाडौं पठाई पूर्ण रुपमा छुट्ट्याएर रिसाइकल पार्टनर क्रिएसनलाई हस्तान्तरण गरिनेछ । जसले ती फोहोरहरुलाई पुन छुट्ट्याएर रिसाइकल अथवा उचित रुपमा व्यवस्थापन गर्नेछ ।
अभियानको सफलताको बारेमा चर्चा गर्दै सफा हिमाल अभियान २०२३ का निर्देशक ब्रिगेडियर जनरल सुन्दरकुमार पाण्डेले “यी चार मुख्य हिमालहरुबाट ३५,७०८ किलोग्राम फोहोर संकलन गर्न सफल भएकोमा गर्व लागेको बताए ।
। साथैयो अभियानलाई सफल बनाउन मद्दत पु¥याएकोमा वातावरणप्रति जिम्मेवार सम्पूर्ण संस्थाहरुको अटल सहयोगप्रति कृतज्ञता व्यक्त गरे । साथै अभियानको सुरुवातदेखि नै निरन्तर सहयोग प्रदान गरेकोमा
कोका–कोला फाउन्डेसनलाई विशेष धन्यवाद प्रदान गरेका थिए ।
FACEBOOK COMMENTS