काठमाडौँ– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि।ले काठमाडौँ उपत्यकाका फाइनान्स जात्राको शुरुवात गरेको छ ।
शुन्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्रा अन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल १८ महिना सम्मको किस्तामा शून्य प्रतिशत ब्याजमा खरिद गर्न सक्नेछन् ।
यस फाइनान्स जात्रा अन्तर्गत उपत्यका भित्र बजाज मोटसाइकल खरिदमा ५० प्रतिशत डाउन पेमेन्टमा १८ महिना सम्मको किस्तामा ० प्रतिशत ब्याजदरको लाभ लिन सकिनेछ ।
यो जात्रा काठमाडौँ उपत्यकाभरिका १८ बजाज शोरूमहरुमा जेष्ठ २८ देखि ३२ गते सम्म ५ दिनको लागि लागुहुनेछ ।
FACEBOOK COMMENTS