काठमाडौं, पुस २०- सिप्रदी ट्रेडिङले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने भएको छ ।
अटोमोवाइल विषयमा टिएसएलसी वा १० कक्षा उत्तीर्ण गरेको र राष्ट्रिय सिप परिक्षण समितिबाट अटोमोवाइलविषयमा लेबल १/लेबल २ उत्तीर्ण गरेकाले तालिममा सहभागी हुन पाउने कम्पनीले जनाएको छ।
१८ वर्ष पूरा भई २५ वर्ष ननाघेका योग्यता पुगेका नेपाली नागरिकहरुले यो तालिममा समावेस हुन पाउने छन्।
यस ६ महिने तालिम सिप्रदीको तालिम केन्द्र काठमाडौँको चन्द्रागिरीमा हुनेछ भने तालिम अवधिभर तालिम भत्ताका साथै उत्कृष्ट एवं सफल प्रशिक्षार्थीहरुलाई सिप्रदीले नेपालभरि फैलिएका विभिन्न वर्कशपहरुमा रोजगारीको अवसरहरुमा प्राथमिकता दिइनेछ ।
दरखास्त बुझाउन अन्तिम मिति २०७६ पुस २९ गतेसम्म र दरखास्त बुझाउने स्थान सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु रहेको सिप्रदीले जनाएको छ । यो निस्शुल्क तालिममा काठमाडौँ उपत्यका बाहिरका स्थानहरु नेपालगञ्ज, महेन्द्रनगर, दाङ, सुर्खेत, इटहरी, विर्तामोड, हेटौडा, विरगञ्ज, त्रिशुलीका प्रशिक्षार्थीहरुलाई विशेष ग्राहयता दिइने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS