काठमाडौं, पुस २० – नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका प्रतिनिधि मण्डल र भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच आइतबार भेटवार्ता भएको छ ।
नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको टोलीलाई महानिर्देशक दहालले स्वागत गर्दै नयाँ केन्द्रीय कार्य समितिको सफलताको कामना गरेका छन् ।
दाहालसँगको भेटमा नाडा टोलीले फेयर ट्रेड, भन्सार प्रशासन, मूल्याङ्कन र भन्सार जाँचपासको क्रममा देखिएका प्रक्रियागत समस्याहरु बारे छलफल गरेका छन् ।
छलफलमा महानिर्देशक दाहालले व्यवसायीहरुले फेयर ट्रेडको अनुकरण गर्नु पर्ने र संस्थाले त्यसको लागि आवश्यक वातावरण तयार गरी दिनु पर्ने धारणा राखे ।उनले विल अफ एक्सपोर्टको कागज नआइकन भन्सार क्लियरेन्स पनि हुन नसक्ने बताउँदै भन्सार विभागको मुख्य जिम्मेवारी भनेको व्यापार सहजिकरण भएको र भन्सार विभागले अहिले झण्डै सतप्रतिशत आशिकुडा अनुसार कार्य गर्दे आएको बताए ।
छलफल कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रति, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल र कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS