काठमाडौं । प्रभु बैंक, सिटिजन्स बैंक र ज्योती विकास बैंकको संस्थापक शेयर बिक्री खुलेको छ ।
प्रभु बैंक
प्रभु बैंक लिमिटेडले संस्थापक तर्फको ७ लाख १७ हजार ९०७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले १ लाख १६ हजार ६७३ कित्ता शेयर सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी र ६ लाख १ हजार २३४ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्र्न पाउने गरी विक्रीमा ल्याएको हो ।
विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र र सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको शेयर खरीदका लागि आगामी १५ दिनभित्र आवेदन दिनुपर्नेछ । इच्छुक खरीदकर्ताहरूले दुबै समूहका शेयर खरीदका लागि बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्रीमा आएको ६ लाखभन्दा बढी कित्ता शेयर तोकिएको अवधिभित्र विक्री नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री प्रक्रिया अघि बढाईने जानकारी बैंकले दिएको छ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ३४ हजार ३३७ दशमलव ६९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । यस अघि जेठ ६ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले ३५ दिने सुचना जारी गरेको थियो ।
सो अवधिसम्म विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद आवेदन नपरेपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आवेदन दिन सक्नेछन् । बैंकले यो शेयरको मूल्य प्रतिकित्ता रू। १०६ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी खरीद आवेदन दिनुपर्ने जानकारी बैंकले दिएको छ ।
ज्योति विकास बैंक
ज्योति विकास बैंक लिमिटेडले संस्थापक तर्फको १ लख ६८ हजार ४९६ कित्ता संस्थापक शेयर असार १० गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिशेयर १२६ मूल्यमा उक्त शेयर असार १७ गतेसम्मका लागि विक्रीमा ल्याएको हो ।
यो शेयर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरूले समेत आवेदन दिन सक्नेछन् । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असार १८ गते सोमवार दिउँसो ३ बजे खोलिने कार्याक्रम तय भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा शिलबन्दी बोलपत्र खोलिने जानकारी कम्नपीले दिएको हो ।
FACEBOOK COMMENTS