काठमाडौं, पुस २१ – नबिल इ्रन्भेष्टमेण्ट बैकिंङ्ग लिमिटेडले अँग्रेजी नयाँवर्षको अवसर पारेर संस्थागत परामर्शदाता सेवाअन्तर्गत बिजनेश क्लिनिक संचालनमा ल्याएको छ । जसबाट सर्वसाधारण लगानीकर्ता, व्यवसायगर्न चाहने व्यक्तितथा संस्थाहरु र आफ्नो व्ययसायविस्तार गर्न चाहने व्यक्तितथा संस्थाहरुकालागि निकै उपयोगी हुने नबिलले विश्वास लिएको छ ।
बिजनेश क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरुको सम्भावनातथा समस्याहरुलाई पहिचान गरी समाधानगर्न सुरु गरेको परामर्श सेवा हो । ग्राहकहरुले नबिल इ्रन्भेष्टमेण्टका लगानीवि शेषज्ञहरुद्धारा आफ्नो लगानी तथा अन्यवित्तीय परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी प्रतिफलको उद्देश्यप्राप्त गर्न सक्नेछन् । यस सेवाअन्तर्गत देहायबमोजिमको परामर्श सेवालिन सकिने व्यहोरा कम्पनीले जनाएकोे छ ।
१. ईक्विटी परामर्श
२. लगानीव्यवस्थापन सम्बन्धि परामर्श
३. कर्जातथा ऋण सम्बन्धि परामर्श
४. पूँजी संरचना सम्बन्धि परामर्श
५. दैनिक कार्य संचालन पूँजी व्यवस्थापन सम्बन्धि वित्तीय परामर्श
६. व्यापार पुनर्रसंरचना/पुनर्रगठन सम्बन्धिवित्तीय परामर्श
७. व्यापार/व्यावसायविस्तार सम्बन्धि परामर्श
८. व्यापार सुरु गर्ने सम्बन्धि परामर्श
९. सम्पत्ति व्यवस्थापन सम्बन्धि परामर्श
१०. पोर्टफोलियो संरचना निर्माण सम्बन्धि परामर्श
११. पोर्टफोलियो फेरबदल/पुनरसंरचना सम्बन्धि परामर्श
१२. शेयर खरिद/बिक्रीगर्ने निर्णय सम्बन्धि परामर्श
१३. निश्चित फिर्तीलगानी सम्बन्धि परामर्श (Fixed Return Investment Consultation)
१४. सम्पत्ति/धनव्यवस्थापन सम्बन्धि परामर्श
१५. व्यापार रणनीति सम्बन्धि परामर्श
१६. बजारीकरण रणनीति सम्बन्धि परामर्श
नेपालमा हालसम्म कुनै पनि इन्भेष्टमेण्ट बैकिङ्गले यस्तो सेवा प्रदान नगरेको नविलको दावी छ । यो सेवाविस्तार गर्ने नबिलइन्भेष्टमेण्ट बैंकिंङ्ग पहिलो संस्था भएको दावी गरिएको छ ।
यो सेवा सार्वजनिक विदाको दिनवाहेक प्रत्येक शुक्रवार बिहान १० बजे देखिदिनको १ः०० बजेसम्म संचालनमा रहने छ । एक पटक यो सेवालिन आउँदा रु. १००० को टिकट काट्नु पर्ने र यो टिकटबाट एक महिनासम्मको प्रत्येक शुक्रवार पुनःबिना कुनै शुल्क परामर्श लिन सकिने व्यहोरा कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS