काठमाडौं, पुस २१ – नेपाल निर्यात परिषद्को आयोजनामा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोग र नेपाल हस्तकला महासंघको सह–आयोजनामा मंगलबार (पुस २२ गते)चौथो निर्यात दिवस मनाउने भएको छ ।
परिषद्ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको गरी पुष २२ गते ‘चौथो निर्यात दिवस – २०७६’ मनाउने जानकारी दिएको हो ।
निर्यात दिवसले व्यवसायिक समस्या समाधानका लागि ऐक्यबद्धता कायम गर्ने, आयातमुखी बजारलाई निर्यातमुखी बनाउन सहयोग गर्नेलगायतका उद्देश्य राखेको परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । परिषद्को चौथो निर्यात दिवसका अवसरमा राजधानीमा प्रभातफेरी कार्यक्रम गरी दिवस मनाउन लागेको श्रेष्ठले बताए। उनले प्रभातफेरी कार्यक्रम ठमेलको कर्मचारी सञ्चय कोषबाट सुरु भई, जमल, घण्टाघर, सुन्धारा हुँदै पुनःठमेल पुगेर कोषसभामा परिणत हुने बताए।
उनले बैंक ब्याजदर उच्च हुनु, उत्पादन लागत बढ्दै जानु र कर प्रणालीमा अझैपनि समस्या रहनुले उत्पादन बढन् नसक्दा निर्यात न्यून रहेको बताए । निर्यात दिवसले निर्यातमा हुने समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गर्न सहयोग पुर्याउने समेत उनले बताए ।
FACEBOOK COMMENTS