काठमाडौं, पुस २१- प्रदेश नं. २ र ३ लाई समेट्ने गरि अजोड इन्स्योरेन्स लिमिटेड हेटौंडा शाखाको आयोजनामा पौष १७, १८ र १९ गते टि. सी. एनमार्ग, हेटौंडामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।
तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमाअभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न portfolio को वारेमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै गरि अजोड इन्स्योरेन्स लिमिटेडका नायबप्रबन्धक यादवप्रसाद पाठकले आधारभुत निर्जीवनबीमाको साथै कृषिबीमाको वारेमा प्रकाश पारेका थिए ।
अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवनबीमा अभिकर्ताको तालिममा २३ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लि. का प्रदेश नं. ३ का प्रमुख बद्रीनाथ शर्माले गरेका थिए । साथै सहजिकरणको कार्य हेटौंडा शाखाका कर्मचारी तथा केन्द्रिय कार्यालय मानव संसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेकी थिइन् ।
FACEBOOK COMMENTS