काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको छ ।
बैठकमा विनियोजन विधेयकमाथि विषयमा उठेका प्रश्नमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीले दिनेछन् ।
FACEBOOK COMMENTS