काठमाडौं । कुमारी बैंक लिमिटेडको ३ लाख १६ हजार १४० कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । विद्यमान संस्थापक शेयरधनीमा वितरण हुन नसकेपछि सर्वसाधारणमा बैंकले यो शेयर विक्री खुला गरेको हो ।
बैंकले प्रतिकित्ता ११० अंकित मूल्यमा उक्त शेयर विक्रीमा ल्याएको हो । बैंकले यस अघि जेठ ८ गतेदेखि असार १० गतेसम्म विद्यमान संस्थापक शेयरधनीहरूमा यो शेयर विक्री खुला गरेको थियो ।
असार १२ गतेदेखि विक्रीमा आएको शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असार १८ गतेसम्म आवेदन दिन सकिनेछ ।
शेयर खरीदका लागि आवेदन पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । यो शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले विक्री प्रबन्धकको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
FACEBOOK COMMENTS