काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा वर्षा हुँदै आएको छ । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मंगलबार दिनभर केही घण्टासम्म वर्षा भएको थियो ।
यो वर्षासँगै काठमाडौं उपत्यकाको वायुमण्डल केही सफा देखिएको छ । धुलो, धूवाँ तथा अन्य प्रदूषणले गर्दा काठमाडौं उपत्यकाका वायुमण्डलमा प्राय तुवाँलो लागिरहेको हुन्छ ।
वर्षाले वायुमण्डलमा रहेको धुलो तथा धूवाँका कणलाई पखालेपछि उपत्यका केही खुलेको हो ।
तस्बिरः साइराम उपरकोटी
FACEBOOK COMMENTS