काठमाडौं, २० पौष – पुरानो बानेश्वर स्थित ग्लोबल कलेज अफ हस्पिटालिटी म्यानेजमेण्टले अत्याधुनिक ट्रेनिङ प्रयोगशाला संचालनमा ल्याएको छ । अस्ट्रेलियाली शिक्षालाई आधुनिक स्तरमा नेपालमा नै दिलाउने उदेश्यका साथ हस्पिटालिटी बिषय अध्ययन गर्ने बिद्यार्थीहरुको शिक्षण सिकाईमा सहयोग पुर्याउने हेतु कलेजले उक्त प्रयोगशाला संचालनमा ल्याएको हो । आईतवार जनवरी ०५ तारिखका दिन कलेज प्रांगणमा आयोजित एक कार्यक्रम माझ पूर्व गभर्नर डा। तिलक रावल, करन सिंह ठगुन्ना, डा। गंगा दाहाल एबम ग्लोबल संचालक समुहले संयुक्त रुपमा उक्त प्रयोगशालाको शुभारम्भ गरे ।
कार्यक्रम माझ करन सिंह ठगुन्नाले ग्लोबल ग्रुपले नेपालमा रहेको बेरोजगारी समस्या हल गर्न सघाउ पुर्याउने जनाए । सो अवसरमा ठगुन्नाले ट्रेनिङ प्रयोगशाला सम्बन्धी जानकारीमुलक सन्दर्भ स्रोतहरु वेब साइट, सोसल मिडिया र ब्रोसर सार्वजनिक गरिएको जानकारी दिदै नयाँ भर्ना योजना बारे प्रकाश पारेका थिए ।
FACEBOOK COMMENTS