मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकमा प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आव २०८०/८१ बजेट संशोधनको माग गरेको छ ।
राप्रपा संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकारले ल्याएको आगामी आव २०८०/८१ को विनियोजित बजेट लक्ष्यविहीन एवं जनताप्रति विभेदकारी भएकाले बजेटलाई पुनःसंशोधन गर्नुपर्ने आफ्नो दलको माग रहेको बताए ।
उनले सरकारमा प्रतिनिधित्व गर्नुहुने मुख्यमन्त्री र मन्त्रीले क्रमशः आफ्नो चुनावी क्षेत्र धादिङ, सिन्धुपाल्चोक र नुवाकोटलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएकामा चिन्ता व्यक्त गरे । जनतालाई सम्मान दृष्टिकोणले विकासको पूर्वाधारले समेट्न नसके प्रदेशसभाको आगामी बस्ने बैठकमा निरन्तर अवरोध गरिरहने जानकारी उनले दिए ।
थापाले बजेटले चुनावी क्षेत्रलाई मात्र नभई काठमाडौँको बासिन्दाको खानेपानीलगायत अन्य जिल्लाका सर्वसाधारणलाई खानेपानी कृषि उत्पादन, सडक, रोजगारीका अवसरलगायत आयआर्जन गर्ने आर्थिक प्याकेज कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे ।
आजको बैठक बिहान ११ बजे बस्ने भनिए पनि सत्तापक्ष र प्रतिपक्षबीच विनियोजन बजेटमाथि छलफल गर्ने सहमति नजुटेपछि दिउँसो साढे १ बजेका लागि सारिएको थियो । आज अपराह्न ५ः १५ बजेदेखि बसेको बैठक करिब ३५ मिनेट सञ्चालन भएर स्थगित गरिएको थियो । सो बैठकमा आज आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानित ९बजेट० माथि छलफल हुने कार्यसूची थियो ।
FACEBOOK COMMENTS