काठमाडौं, पुस २२- नेपाल बंगलादेश बैंकले ३० दृष्टिविहिन विद्यार्थीहरुलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको तालिम दिएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पौष ४ गते मैत्री समाज नेपालको सहायताले फिदिम ४ पाँचथर स्थित श्री गढी माध्यमिक विद्यालयका ३० दृष्टिविहिन विद्यार्थीहरुलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचान सम्बन्धि एक हप्ताको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
प्रशिक्षणमा कुल १७ छात्र तथा १३ छात्राहरु सहभागी भएका थिए । यस प्रशिक्षणले विद्यार्थीहरुलाई सामान्य मार्गनिर्देशन, दिशा परिवर्तन, सागुँरो ठाउँमा हिँडडुल, भ¥याङ्ग, माथिल्लो तथातल्लो शरीरको भागको सुरक्षा, विभिन्न ठाउँमा बस्ने तरिका, एक्लै हिँडडुल गर्ने तरिका, सिकाई सेतो छडी लिएर हिँड्ने तथा सो छडीका भागहरु बारे पर्चावितरण गरिएको थियो ।
यस प्रशिक्षणको अन्त्यमा सहभागी विद्यार्थीहरुलाई बैंकको फिदिमशाखाका शाखा प्रमुख राजकुमार थापाले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । यस्ता कार्यक्रमले समाजका अशक्त असहाय वालवालिकाहरुलाई अतिआवश्यक प्रशिक्षण दिने र भविष्यमा यस्ता कार्यक्रम बैंकले गर्दै जाने बताएको छ ।
FACEBOOK COMMENTS