काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सञ्चालक समितिले नयाँ ब्रोकरलाई सदस्यता दिने निर्णय गरेको छ ।
आज बसेको नेप्से सञ्चालक समितिको बैठकले नयाँ ब्रोकर कम्पनीलाई सदस्यता दिने निर्णय गरेको हो । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले नेप्सेको यो निर्णयसँगै नयाँ ब्रोकर नेप्सेको सिस्टममा जोडिने छन् ।
कानूनले तोकेको मापदण्ड पुरा गरेका नयाँ ब्रोकरले नेप्सेको सिस्टममा जोडिएपछि सेयर कारोबार गर्न सक्ने छन् । अहिलेसम्म नेप्सेले १७ वटा नयाँ ब्रोकरलाई आशयपत्र दिएको छ ।
त्यसमध्ये ७ वटा कम्पनीको प्राविधि परिक्षण समेत गरिसकेको नेप्सेले जनाएको छ । यी कम्पनीले नेप्सेबाट सदस्यता लिएर कारोबार गर्न सक्ने अवस्थामा पुगेका छन् । ७ वटा कम्पनी तत्काल कारोबार गर्न सक्ने अवस्थामा रहेका छन् । कारोबार गर्नका लागि नेप्सेको सिस्टममा जोडिनुका साथै सीडीएससीबाट राफसाफ सदस्यता लिनुपर्छ ।
FACEBOOK COMMENTS