काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपाली र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि ९ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्ने छ । प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३९ रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले साउन १ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएको छ । यसमा साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।
FACEBOOK COMMENTS