काठमाडौं । असार २९ गतेबाट एकीकृत कारोबार गर्न लागेका लक्ष्मी र सनराइज बैंककोको सेवा आज र भोली बन्द हुने भएको छ ।
दुवै बैंकले २७ र २८ गते सबै शाखा बन्द गर्ने जनाएका छन् । एकीकृत कारोबार गर्न डाटा इन्टिग्रेसनलगायत प्रयोजनका लागि सबै शाखा बन्द गर्नुपरेको हो । दुवै बैंकद्वारा जारी संयुक्त सूचनामा क्रेडिट कार्ड सेवाबाहेक सम्पूर्ण वित्तीय सेवा पनि बन्द रहने उल्लेख छ ।
दुवै बैंकले २०८० जेठ ८ गते भएको मर्जरका लागि अन्तिम सम्झौता गरेका थिए । असार ३ गते दुवै बैंकको साधारणसभाबाट पारित विशेष प्रस्तावबमोजिम नेपाल राष्ट्र बैंकले असार २२ गते अन्तिम स्वीकृति दिएको थियो ।
मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड पुग्नेछ भने जगेडा कोष १२ अर्ब ८२ करोडको हुनेछ । त्यस्तै निक्षेप २ खर्ब ८१ अर्ब र कर्जा प्रवाह २ खर्ब ५० अर्ब नाघ्नेछ ।
FACEBOOK COMMENTS