काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले असार ३० गते रातोपाटीमा प्रकाशित ‘सुन तस्करसँग पूर्व सभामुख महराका बाउछोराको कनेक्सन’ शीर्षकको समाचारप्रती गम्भीर ध्यान आर्कषण भएको बताएका छन् । आइतबार प्रेस विज्ञेप्ति निकाल्दैँ उपाध्यक्ष महराले समाचार राजनीतिक पूर्वाग्रहमा आधारित रहेको र समाचारमा सत्यता नभएको बताएका हुन् ।
चिनियाँ नागरिक वाङसँग पहिलेदेखि नै सामान्य चिनजान भएको र उनले आफूलाई फलफूल व्यापारीको रूपमा चिनाएको महराको खण्डनमा उल्लेख छ । उनको अरू व्यापार र कामबारे कुनै जानकारी र सम्बन्ध नरहेको पनि महराको भनाई छ ।
महराले छोरा राहुलले भन्सारका कर्मचारीलाई सम्पर्क गर्नुको कारण चिनिया नागरिकले चिनिया कामदारका लागि मगाएको सामान भन्सारमा अड्किएको भन्ने जानकारी गराएको कारण के कति कारणले अड्किएको हो भनी बुझ्नलाई मात्रै सम्पर्क गरेको बताएका छन् ।
यो हेर्नुहोस विज्ञप्तिः
FACEBOOK COMMENTS