काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्मको जथाभावी पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
महानगरपालिकाले नेपाली चलचित्र ‘बगान’को निर्माण कम्पनीले जथाभावी टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
फिल्मको निर्माण कम्पनी नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना गरेको महानगरपालिकाले जनाएको छ ।
FACEBOOK COMMENTS