काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा नाफा ५.७१ प्रतिशतले बढाएर ११ करोड १६ लाख ४५ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १० करोड ५६ लाख १५ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफा बढेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी २८ करोड ४९ लाख ५२ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १९.२१ प्रतिशतले बढेको छ । यस्तै सञ्चालन नाफा ५.८८ प्रतिशतले बढेर १५ करोड ९२ लाख ९४ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८४ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४६ पैसा रहेको छ । संस्थाको खराब कर्जा ०.४९ प्रतिशतबाट बढेर १.२२ प्रतिशत पुगेको छ ।
FACEBOOK COMMENTS