काठमाडौं । सय किलो सुना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ। योसँगै सुन तस्करी आरोपमा पक्राउ पर्नेको संख्या १० पुगेको छ।
पक्राउ पर्नेमा पुष्करराज भट्ट र कृष्ण श्रेष्ठ रहेका छन् । पुष्कर ग्लोबल प्रालिका सञ्चालक हुन् । कृष्ण श्रेष्ठलाई कोटेश्वरबाट पक्राउ गरिएको छ भने यसअघि राजन श्रेष्ठलाई पनि कोटेश्वरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक जहाजमा ल्याइएको ुब्रेक शुु मा सुन फेला परेको थियो ।
विभागले ट्याक्सी चालक अशोक लामा, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई, सहयोगी हर्कराज राई, रामकुमार भुजेल, भारतीय नागरिक थाप्तेन छिरिङ, चिनियाँ नागरिक लिन जेछियाङ पक्राउ परेका छन् ।
FACEBOOK COMMENTS