काठमाडौं । नेपाल ब्युटिसियन संघले आज काठमाडौंको माइतिघरमा बिहान ११ बजे शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ । सरकारसँग राखेको माग पुरा नगरेको भन्दै आन्दोलन गर्न लागेको संघले जनाएको छ ।
गृह मन्त्रालय,अध्यागमन विभागमा कार्यरत बन्दना कर्णले फेसीयल हाउसकी संचालक सुष्मा महरालाई फसाउने नियतले प्रहरीलाई दवाब दिदै आएको भन्दै अनुसन्धान गर्न संघले माग गर्दै आएको छ । उक्त विषयको अनुसन्धान र कारबाही नभएको भन्दै संघले देशब्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।
फेसियल हाउसका सञ्चालक सुष्मा महराले आफु विरुद्ध आएको समाचारमा सत्यता नभएको बताइन् । उनले भनिन्,‘ हामी हाम्रो पेशालाई मन्दिर र ग्राहकालाई भगवान मान्छौंं । तर हामी जसलाई भगवान मान्छौँ त्यो व्यक्ति नै राक्षस हुने रहेछ । बन्दना कर्णले मलाई मात्र हैन ब्युटिसियन पेसालाईनै हेप्नु भएको छ । कसैको हेपाईमा बस्दैनौ । अब आन्दोलनमा जान्छौँ । सराकारले हाम्रो माग पुरा गरेको छैन् । अब हामी चुप बस्दैनौं ।’
नेपाल ब्युटिसियन संघका निर्वतमान अध्यक्ष भगवती खड्काले आफुहरुले गुन्डा गर्दी गर्न नसक्ने बताइन् । उनले भनिन् ,‘हाम्रो यो संघ भनेको केही नजानेको केही नबुझेको संघ भन्ने सरकारको बुझाइमा रहेको छ । यो देशको अर्थतन्त्रमा टेवा पुर्याउने संघ पनि हो भन्ने सरकारले बुझ्नु पर्छ । आफु रोजगारी भएर अर्को व्यक्तिलाई समेत रोजगार दिएका छन् । तर यस्तो व्यक्तिलाई देशले सम्मान दिन सकेको छैन ।’
खड्काले मन्त्रलायको कुनै एक ठाउँमा बसेर काम गर्ने व्यक्तिले नानाथरि भनेको सहन नसकने बताइन् । उनले अन्तिम विकल्प आन्दोलन भएको बताइन् ।
फेसियल हाउसका संचालक सुष्मा महरालाई विगत केही दिन पहिला काठमाडौंको केएलटावरमा रहेको फेसीयल हाउसमा सेवा लिन भनी आएकी नेपाल सरकार, गृह मन्त्रालय,अध्यागमन विभागमा कार्यरत रहेको बन्दना कर्णले फेसियल हाऊसमा खुला रुपमा राखिएको सिसिटिभिको हवाला दिई उक्त सिसिटिभिले निजको ब्यक्तिगत गोपनियता माथि आँच आएको भनी महानगरिय प्रहरी बृत, गौशलामा उजुरी दिएकी थिइन् ।
्प्रहरीबाट सो सम्वन्धमा आवश्यक अनुसन्धान भै उजुरी ब्यहोरा अनुसारको अपराधिक कार्य नभएको भन्दै असार २८ गते कर्ण कै सहमतीमा प्रहरी कार्यालयमा दुई पक्षबीच लिखित सहमती समेत भएको छ । सोही बिषयलाई लिएर पुनः ब्युटीसियन पेशा माथि आँच आउने गरि झुठा आरोप लगाई ब्यूटीपार्लरमा कानून सम्मत कार्य नभएको भन्ने झुठा प्रचारप्रसार गरी आफु गृह मन्त्रालय मातहतको कर्मचारी भएको र आफ्नो पदिय दुरुपयोग गरि गृह मन्त्रालय, गृह सचिव तथा महानगरिय प्रहरी परिसर, टेकुलाई समेत आफ्नो प्रभावमा पारि एक पल्ट आफुले नै सहमती गरेको बिषयमा पनि मुख फेरेकी छिन् ।
कर्णले फेलिय हाउसकी संचालक सुष्मा महरा र फेसियल हाउसलाई बदनाम गर्ने नियतले गरेको उजुरी विरुद्ध उच्च अदालत पाटनले अन्तरीम आदेश जारी गरी सकेको छ ।
नेपाल ब्युटिसियन संघल यही ५ गते शुक्रबार ब्युटिसियन संघका निर्वतमान अध्यक्ष भगवती खड्का र वर्तमान महासचिव शसि शाहको नेतृत्वमा गृहमन्त्री, उद्योगमन्त्री र सभामुखलाई भेटर ज्ञापन पत्र बुझाएका छन् ।
FACEBOOK COMMENTS