काठमाडौँ । तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर निष्काशन गर्न सम्झौता सम्पन्न भएको छ । कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरेको हो ।
कम्पनीले शेयरधनीहरुलाई १ः१ को अनुपातमा निकट भविष्यमा हकप्रद निष्काशनको तयारी गरेको छ । सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक मोहन कुमार डाँगी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले श्री आँखुखोला जलविद्युत कम्पनी लिमिटेडका शेयरधनीहरुलाई हकप्रद शेयर निष्काशन सम्बन्धि कार्यका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट हकप्रद शेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
FACEBOOK COMMENTS