काठमाडौं, माघ १ – गुडविल फाइनान्स लिमिटेडको २५औं बार्षिक साधारण सभा गुडविल कम्प्लेक्स हात्तिसारमा सम्पन्न भएको छ । बार्षिक साधारण सभामा कम्पनी काअध्यक्ष राजाराम जोशीले आ.व. २०७५÷०७६ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले निक्षेपतर्फ गतआ.व.को तुलनामा२७५ले वृद्धि गरीरु.ट,डढ,छट,ज्ञघ,ठज्ञज्ञ।डघतथाकर्जातर्फ २६५ ले वृद्धि गरी रु. ५,९०,३१,२२,८२४।५८ पु¥याएको जानकारी दिनुका साथै सस्थाका अध्यक्ष राजाराम जोशिले प्रस्तुत गरेको आ.ब.२०७५।०७६ को आयव्ययविवरण तथा उक्तआ.व.को नाफाबाट १०५नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमापारित गरेको छ ।
सो अवसरमा सस्थाका प्रमुखकार्यकारी अधिकृत सरोज काजीतुलाधरले , संस्थाले ७ बर्ष अवधिको १२ प्रतिशतव्याजदरमा ६÷६ महिनामाव्याजभुक्तानी हुने गरि प्रति डिवेन्चर रु.१,०००।०० (एक हजार) का दरले कुल रु.२५ (पच्चिस) करोड रुपैंया बरावरको २,५०,००० (दुई लाखपचास हजार) कित्ता “१२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३” निष्काशन गर्ने प्रकृयामा रहेका ेजानकारी गराए ।
हाल १६ वटा शाखाकार्यालयबाट सेवाप्रदानगर्दै आइरहेको फाइनान्सले आगामी दिनमा उपत्यकाभित्र तथा बाहिर थपशाखा तथा एक्सटेन्सन काउण्टर विस्तार गरी सेवा विस्तार गर्नेलक्ष्यलिएको छ ।
संस्थाको २५औंसाधारण सभाले आगामी ४ बर्षका लागि नयाँ संचालक समितिको गठन गरेको छ । जस अन्र्तगत संस्थापक शेयरधनीहरुको तर्फबाट सुधिरमान मास्के, दिलीपकुमार मुनकर्मी, जेनीजोशी(महिला संचालक) तथा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट विश्वप्रकास साखः, पशुपतिभक्त श्रेष्ठ र रमेश मल्ल निर्विरोध निर्वाचित भएका छन् ।
FACEBOOK COMMENTS