काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा स्वावलम्बन लघुवित्तको खुद नाफा २१ दशमलव २५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७८/७९ मा कम्पनीको खुद नाफा २७ करोड ९९ लाख रहेकोमा आर्थिक वर्ष ७९/८० मा कम्पनीको खुद नाफा बढेर ३३ करोड ९३ लाख पुगेको छ ।
यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा १४६ दशमलव ३० प्रतिशतले बढेर २५ करोड ७० लाख पुगेको छ । कम्पनीको निक्षेप ६ दशमलव ८० प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ३ दशमलव १२ प्रतिशतले घटेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी भने ८ दशमलव १९ प्रतिशत तथा संचालन मुनाफा १० दशमलव ६९ प्रतिशत घटेको छ। कम्पनीले सम्भावित जोखिमको लागि इम्पयेरमेन्ट चार्ज अन्तर्गत छुट्याएको रकम ५२ दशमलव ५८ प्रतिशतले घटेर ३५ करोड २७ लाख कायम भएको छ ।
१ अर्ब २९ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा १ अर्ब ९६ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २६।३० रुपैयाँ, प्रति शेयर नेटवर्थ २५२ दशमलव ४६ रुपैयाँ, र पीई रेसियो ३४ दशमलव २५ गुणा रहेको छ । कम्पनीको खराब कर्जा भने ५ दशमलव ८८ प्रतिशतबाट बढेर ८ दशमलव ६६ प्रतिशत पुगेको छ ।
FACEBOOK COMMENTS