काठमाडौं, माघ ३ – नेपालमा १४० वर्षको ब्यापारिक इतिहास बोकेको एम भि दुगड समुहले जोन डियरको नयाँ शोरुम वुटवलमा खोलेको छ । जोन डियरको आधिकारिक विक्रेता विवेक अटो मोबाईल्स प्रा.लि तिलोतमा —२ जानकीनगर (बुटवल) मा रहेको क्षेत्रिय कार्यालय हाता भित्र खोलिएको जोन डियरको नयाँ शोरुम विषेश समारोहकाबिच विधिगत रुपमा एम.भि.दुगड ग्रुपका मार्केटिङ्ग हेड नन्दकिशोर भट्ट र सर्भिस हेड अजीतकुमार मिश्राबाट संयुक्त रुपमा समुद्घाटन गरियो ।

शोरुम उद्घाटनका दिन २१ थानजोन डियर ट्रयाक्टर उक्त शाखाबाट बिक्रीवितरण गरिएको थियो । सो अबसरमा ग्राहकहरुलाई ३२ इन्च टि.भि उपहार स्वरुप ग्राहकलाई प्रदान गरियो ।
कार्यक्रममा बोल्दैं कम्पनिका रिजनलम्यानेजर लिलाराज वाग्लले अब आउने दिनमा जोन डियर ट्रयाक्टर को विक्री नेपालमा पहिलो स्थान ल्याउँने साथै सर्भिस, स्पेयर पार्टस, सेल्स, जुनसुकै समयमा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्यसै गरी समारोहमा मार्केटिङ्ग हेड नन्दकिशोर भट्टले ट्रयाक्टर तथा कृषीको दुनियामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने ट्रयाकटर, जोन डियर रहेको दावी गरे ।
यस ट्रयाक्टरमा valve +++ टेक्नोलोजी भएकाले अन्य ट्रयाक्टरको तुलनामा कम डिजल खपत गरी वढि उत्पादन दिने गर्दछ । आकर्षक रंग र डिजाइनले गर्दा यो ट्रयाक्टर अन्य भन्दा फरक देखिन्छ । नेपालमा यसको विक्रीवितरण विवेक अटोमोवाईल्स प्रा.ली.ले गरीरहेको रहेको छ ।


कम्पनिले किसानहरुकालागि देश भरिनै विभिन्न ठाउँँमा गरि २३ वटा शाखा र १८ वटा उप—शाखा खोली ७७ वटै जिल्लामा आफ्नो ग्राहकहरुलाई स्तरिय सेवा सुविधा प्रदान गर्दै आईरहेको छ ।
