अन्जनराज न्यौपाने,तनहुँ माघ ३- गण्डकी प्रदेश अन्तरगत तनहुँको म्याग्दे गाउँपालिका ३, किलचोकमा अवस्थित श्री अकला देवीको मन्दिरमा आँफै घण्टी बजन् थालेको छ।
मन्दिरमा शिंह र नन्दीको प्राकृतिक सिलाहरु रहेका छन्। मन्दिर भित्र भएको विशाल शीलालेखलाई आद्यशक्तिको रुपमा परापुर्बकाल देखिनै स्थानीय आदिबासी मगर जातिहरुले कुलायन देवीको रुपमा पुजा गर्दै आएका थिए।
विशेषतह मन्दिरमा भएको बिशाल शिला पुन निर्माणको चरणमा जग राख्ने बेला शिला लगभग १० फिट तल खन्दा पनि शिला नह्ल्लनु ,शिलामा ३३ कोटी देवताको आकार हुनु , अकला मन्दिरमा रातिको समयमा मन्दिर परिसरमा शंखघण्ट बज्ने , दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा मन्दिर परिसरमा रहेका घण्ट आफै हल्लिने, बाह्रै महिना कटहर फल्ने , अकला मन्दिर नजिकै रहेको अर्धनारेश्वर रुद्र देवी मन्दिरको विशाल शीलाखण्ड जो कोहीले पनि हल्लाउन सक्ने ,सिलामा धेरै रुपहरु देखिने , सस्कृत शब्दमा किल भनेको शिव र चोक भनेको आगन अर्थात किलचोक भनेको शिवजीको आगन हो भन्ने किम्बदन्ती हुनु ,दक्षिण पट्टि बतासन ऋषिले तपस्या गरेको गुफा र घमाईलो दृश्य हुनु उत्तरी भेग कहिल्यै घाम नलाग्नु,गर्मि नहुनु जसले गर्दा पिकनिक स्थल बन्न सक्ने सम्भाबना हुनु , श्रद्धालु भक्तजनहरुले गरेको भाकल र मनोकामना पुरा हुनु ,एकै जनाले तिन वर्ष सम्म सहस्र चण्डी पाठ गराउनु ,जस्ता किम्बदन्ती र यथार्थ हुनु आदि लाई दैवीशक्ति भएको जनविश्वास छ ।
श्री अकलादेवी मन्दिरको गुरु योजना अनूरुप मन्दिर निर्माण शिलान्यस गर्नका लागि ऊध्र्वाम्नाय श्रीकाशीसुमेरु पीठाधीश्वर जगद्गुरु शंकराचार्य अनन्त श्रीविभुषित स्वामीनरेन्द्रानन्द सरस्वती जी महाराज, धर्मगुरु व्यासाचार्य किशोर गौतम, डा। कैलाश त्रिपाठी, दण्डी स्वामी अखण्डान्द तिर्थ, प्रपण्डाचार्य जी महाराज, बज्रभुषण दास जी महाराज आदि आई मन्दिरको पुन निर्माणको सिलान्यास २०७६ बैशाख १६ गते सोमबारका दिन भएको थियो । सोहि दिन भेलाले ऊध्र्वाम्नाय श्रीकाशीसुमेरु पीठाधीश्वर जगद्गुरु शंकराचार्य अनन्त श्रीविभुषित स्वामीनरेन्द्रानन्द सरस्वती जी महाराज लाई प्रमुख संरक्षक र धर्मगुरु व्यासाचार्य किशोर गौतम लाई संरक्षक मा सर्बसम्मत सिफारी गरेको थियो ।
हिन्दु धर्मको सबै भन्दा ठुलो मानिस मन्दिरको प्रमुख संरक्षक पाउनु लाई शक्तिपीठ भएको स्थानीयवासी ले अनुभूति गर्दछन २०७६र९र२३ मन्दिर ब्यबस्थापन समितिले मन्दिरको प्रबर्धन र अबलोकन भ्रमण , भेटघाट र भ्रमण वर्ष २०२० लाई लक्षित गरी गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयका मन्त्री बिकास लम्साल, प्रदेस सासद आसा कोईराला, दोबाटे बिक , जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले , जिल्ला समन्वय उप प्रमुख पवित्रा पौडेल, विभिन्न कार्यालय प्रमुख , गापा अध्यक्ष, उपाध्यक्ष, वाडा अध्यक्ष ,जनप्रतिनिधि ,स्थानीय व्यक्तिहरुको बाक्लो उपस्थिथि रहेको सो कार्यक्रममा अकला देवी निर्माण समितिका संयोजक रामभक्त घिमिरेले अकला देवी मन्दिर लाई धार्मिक पर्यटकिय क्षेत्रमा सुचिकृत गर्न र बनिरहेको अपुरो मन्दिरको डिपिअर लाई पूर्णता दिन राखेको प्रस्ताब लाई गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयका मन्त्री बिकास लम्साल, प्रदेश सासद आसा कोईराला, दोबाटे बिक , जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले ले समर्थन गर्दै आफ्नो भनाई राखेका थिए ।
कोटिहोम चलाउन सक्छन भन्दाभन्दै कोटीहोम चल्नु,महायज्ञ चल्छ भन्दा भन्दै चल्नु , गरिव गाउमा रुपैया उठ्छ भन्दा भन्दै लगभग करोड उठ्नु , डिपीआर अनुसार मन्दिरको संरचना वन्छ भन्दाभन्दै काम सुरु गरेको एक वर्ष पुरा नहुदै ,अकला देवी मन्दिर निर्माण, पश्चिमी साइडको भजन कृतन पाटी निर्माण कार्य सम्पन्न हुदै छ भने मुल गेट निर्माण, शिवालय मन्दिर निर्माण , होवन कुण्डको निर्माण , वातावरण मैत्री उद्यान निर्माण कार्य (मन्दिरमा) यसै वर्ष सम्पन्न हुन सक्नु लाई चमत्कार भएको अनुभूति गर्छन केहि मन्दिरको प्रबर्दन गर्न खोज्दा चमत्कार मचिनु आदि लाई दैवि शक्ति भएको अनुभूति गर्छन पत्रकार आउदा ,ईन्द्रेनी टिम आउदा , जगत गुरु शंकरयाचार्य आउदा घन्टी हल्लानु दैवि शक्ति भएको जनबिस्वास गर्दछन ।
अकला देवी मन्दिरको प्रांगणमा सबै पार्टी अटाउने मन्दिर बनेको छ बिपी स्मृति र पुस्पलाल स्मृतिको उपलक्षयमा मन्दिरको कम्पाउण्ड मा वृक्षारोपण गरे यो पनि दैवी शक्ति भएको अनुभूति गरिएको धार्मिक अभियन्ता रामभक्त धिमिरेले जानकारी दिए।
FACEBOOK COMMENTS