काठमाडौं, माघ ४- बाक्लो कुहिरोका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान र अवतरण प्रभावित बनेको छ ।
बाक्लो कुहिरोका कारण भिजिविलिटी ५० मिटर मात्र भएपछि आन्तरिक र अन्तराष्ट्रिय दुवै तर्फका उडान र अवतरण हुन नसकेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
उडान तथा अवतरण भिजिविलिटी बढेपछि मात्र हुन सक्ने विमानस्थल कार्यालयले जनाएको छ ।
अहिले काठमाडौं सहित धेरैजसो ठाउँमा बाक्लो कुहिरो लागिरहेको छ । कुहिरोका कारण सडकमा गाडी चलाउन र पैदल हिँड्न पनि समस्या भएको छ । भिजिविलिटी कम भएकाले विस्तारै गाडी चलाउन ट्राफिक प्रहरीले सवारी चालकलाई अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS