काठमाडौं, माघ ६ – अन्नपूर्ण बेस क्याम्पमा बेपत्ता भएका नागरिकको चाँडो खोजी गर्न ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले सरकारलाई आग्रह गरेको छ ।
टानले आज एक विज्ञप्ति जारी गरी हिमपहिरोमा परेर हराइरहेका चारजना कोरियाली र तीनजना नेपाली नागरिकको खोजी कार्यलाई तीव्र बनाउन आग्रह गरेको हो ।
टानका अध्यक्ष खुमबहादुर सुवेदीले पदयात्राका क्रममा अन्नपूर्ण बेस क्याम्पमा हराएका विदेशी तथा नेपाली नागरिकको चाँडो खोजी गर्नुपर्ने बताए ।
टानले सम्पर्कविहीन पदयात्रीको चाँडो खोजी गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कास्की जिल्ला प्रशासन कार्यालय, अन्नपूर्ण गाउँपालिका, नेपाल प्रहरी र पर्यटक प्रहरीलाई आग्रहसमेत गरेको छ ।
खराब मौसमका कारण कोरियाली नागरिक जोङ पिल बोङ, लि मिन सु, चोइ ह्योवन र किम शोक्जा तथा नेपाली सरोज परियार, छिरिङ भोटे र मीनबहादुर लामा हराइरहेका छन् । टानले यसअघि १३० पदयात्रीलाई सकुशल उद्धार गरेको भन्दै सबैलाई धन्यवादसमेत दिएको छ ।
FACEBOOK COMMENTS