काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । यस कम्पनीले आफ्नो जारी पुँजीको १३ प्रतिशत सेयर आइपीओ मार्फत निष्कासन गर्न लागेको हो ।
यसले १०० रुपैयाँ अंकित मूल्यका दरले १३ करोड बराबरको १३ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । आइपीओ निष्कासनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सोमबार ९भदौ ११ गते० यी दुई कम्पनीबीच सम्झौता भएको हो ।
सम्झौता अनुसार नबिल इन्भेष्टमेन्टले निकट भविष्यमा श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको सार्वजनिक सेयर निष्कासन गर्नछ ।सम्झौता पत्रमा श्रीनगर एग्रीटेकको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतीस चन्द श्रेष्ठ तथा नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीबीच हस्ताक्षर सम्पन्न भएको हो । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेड कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई सञ्चालनमा रहेको छ ।
यस कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेको छ । यो कम्पनी नेपालकै पहिलो आइएसओ ९००१स्२०१५ प्रमाणित एकीकृत कुषि कम्पनी हो । यसले सन् २००२ मा श्रीनगर एग्रो फार्मको स्थापनाबाट कृषि व्यवसाय सुरु गरेको थियो
। फार्म अन्तर्गत ह्याचरी तथा ब्रिडरबाट कुखुराको चल्ला उत्पादन गर्दै आएको यस कम्पनीले सन् २०१७ देखि आवश्यक पर्ने दाना तथा आहारको उत्पादनको कार्य पनि सुरु गरेको हो । कम्पनीले शुद्दोधन–४, रुपन्देहीमा दाना कारखाना र व्यवसायिक कृषि फार्म स्थापना गरेको छ । त्यसैगरी पाल्पाको तेल्घामा ब्रिडर फार्म सञ्चालनमा ल्याएको छ ।
FACEBOOK COMMENTS