काठमाडौं । केहि दिनयता नेपाली बजारमा सुनको मूल्य निरन्तर गिरावट भइरहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । मंगलबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो । यसअघि, मंगलबार छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार १५० रुपैयाँ निर्धारण भएको थियो । बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १४ सय ३० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ४५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९२७ दशमलव २१ डलरमा र चाँदी प्रतिऔंस २३ दशमलव ५६ डलरमा कारोबार भइरहेको छ ।
मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ ।
FACEBOOK COMMENTS