एकपछि अर्को आर्थिक समस्याका कारण मुलुकमा सञ्चालित उद्योग व्यवसाय र समग्र आर्थिक क्षेत्रहरू बारम्बार प्रभावित बन्दै आएको छ । कोभिड–१९ को महामारीबाट उत्पन्न असामान्य पस्थितिबाट बिस्तारै तङ्ग्रिदै गरेको नेपालको आर्थिक क्षेत्र पछिल्लो समय देखिएको मन्दीले पुनः समस्यामा गुज्रिन थालेको छ ।
यसैक्रममा आर्थिक मन्दीको प्रभावबाट नेपालको बीमा व्यवसाय पनि अछुतो रहन सकेको छैन । यस्तो अवस्थामा बीमा क्षेत्रको पछिल्लो अवस्था के छ, मन्दीको प्रभाव कस्तो परेको छ, बीमा के हो र किन गर्नुपर्छलगायत विषयबारे हामीले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीसँग कुराकानी गरेर केही जान्ने प्रयत्न गरेका छौँ । प्रस्तुत छ, सीईओ पराजुलीसँग कर्पोरेट खबरका साइराम उपरकोटीले गरेको कुराकानीको सम्पादित अंशः–
पछिल्लो समयमा नेपाल लाइफको व्यापार व्यवसाय कस्तो छ ?
हामीले आर्थिक वर्षको अन्त्य भर्खरै गरेका छौँ । त्यो हिसाबले हेर्दा प्रथम बीमा शुल्कबापत हामीले जम्मा ६ अर्ब ६८ करोड रुपैयाँको व्यापार गरेका छौँ । यो रकम प्रथम बीमा शुल्कको हिसाबले कुल मार्केट शेयरको हिसाबले २१ प्रतिशत हुन आउँछ । त्यस्तै, कुल बीमा शुल्कको हिसाबले हेर्ने हो भने झन्डै साढे ३७ अर्ब व्यापार भएको छ । यो रकम कुल बीमा उद्योगको व्यापारको हिसाबमा २७ प्रतिशत भन्दा बढी हो ।
यसरी हेर्दा नेपालको बीमा उद्योगले के व्यापार ग¥यो र नेपाल लाइफले के व्यापार ग¥यो भन्ने कुरा नै महत्वपूर्ण कुरा हो । आर्थिक वर्ष २०७८/०७९ को हिसाबले आर्थिक वर्ष ०७९/०८० मा हाम्रो मार्केट शेयर प्रथम बीमा शुल्कको हिसाबले करिब ३ प्रतिशतले बढेको छ । यसबाट नेपाल लाइफले समग्र मार्केट भन्दा धेरै राम्रो काम गरेको पुष्टि स्वतः हुन जान्छ । १८ प्रतिशतको मार्केट शेयरलाई २१ प्रतिशतमा पु¥याउन सक्नु नै हाम्रो मुख्य उपलब्धि हो ।
यस्तै, कुल प्रिमियमको वृद्धिका हिसाबले समग्र लाइफ इन्स्योरेन्स उद्योगमै २ दशमलव ५ प्रतिशतको हाराहारीमा छ । तर, नेपाल लाइफको वृद्धि ५ प्रतिशत भन्दा माथि छ । सरसरती हेर्दा हामीले लिएको लक्ष्य भेट्टाउन हामीले सकेका छैनौँ, तर विभिन्न समस्याहरूको बाबजुद यी उपलब्धिहरू सन्तोषजनक छ ।
मुलुकमा आर्थिक मन्दी/चुनौतीको हल्ला व्यापक छ, यसको प्रभाव बीमा उद्योगमा कस्तो परेको छ ?
विगत दुई वर्षयता अर्थात् कोभिड–१९ पछिको आर्थिक गतिविधिहरू राम्रै थियो । तर, अहिले त्यस्तो अवस्था छैन । आर्थिक गतिविधिहरू घटेका छन् । यसको प्रभाव समग्रह बीमा उद्योगमा अवश्य पनि परेकै छ । जस्तो अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा प्रथम बीमा शुल्क सङ्कलनमा २४ प्रतिशतले सङ्कुचन आएको छ । अझ यसबाट वैदेशिक रोजगारीमा जाने युवाहरूको म्यादी बीमा हटाउने हो भने सङ्कुचनको दर करिब २७ प्रतिशत पुग्छ ।
यसबाट पनि यो क्षेत्रमा आर्थिक चुनौतीको प्रभाव परेको स्पष्ट हुन्छ । यसले मानिसहरूको क्रयशक्ति घटाएको छ भने बीमा पोलिसीको आकार पनि स्वतः घटिरहेको देखिरहेका छौँ । भइरहेको बीमा पोलिसीलाई निरन्तरता दिने कुरामा पनि समस्या देखिएको छ । यसैगरी, राम्रै समय चलिसकेका पोलिसीहरूमा पनि सरेन्डर (आत्मसमर्पण) को क्रम बढेको छ । यी सबै मासिको क्रयशक्तिसँग र त्यो क्रयशक्ति बजारमा भइरहेको आर्थिक चुनौतीसँग अवश्य पनि जोडिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा मात्रै नभइ समग्र बीमा उद्योगमै आएको २७ प्रतिशतसम्मको सङ्कुचनलाई सरोकारवालाहरूले कसरी हेर्नुपर्छ ?
जे तथ्याङ्क हाम्रो बीचमा छ, यसलाई संस्थागत रूपमा र समग्र उद्योगले नै निकै ठूलो चुनौतीका रुपमा लिनुपर्दछ । हामीकहाँ फिक्स्ड र रिकरिङ (दोहोरिने) कष्ट हुन्छ । अर्थात् हामीले व्यवसाय बढाउँदा वा नबढाउँदा आउने खर्च ‘फिक्स्ड कष्ट’ हो । जब हाम्रो व्यवसायमै सङ्कुचन आएको छ भने ‘कष्ट अफ डुइङ बिजनेश’ त स्वतः बढ्ने नै भयो । यसले यो उद्योगमा चुनौती नै ल्याउने हो । त्यसकारण मलाई लाग्छ यसबाट हामी सबै प्रभावित नै छौँ ।
अर्कोतर्फ यो बीचमा धेरै कम्पनीहरू मर्जर वा एक्विजिसन भएका छन् । यसबाट कतिपय संस्थाहरूको आकार बढेको छ । तर, व्यवसायको हिसाबले ठूलो भयो कि भएन, लागतका हिसावले प्रभावकारी भयो कि भएन भनेर पनि हामीले हेर्नुपर्दछ । लागत बढिरहने र व्यापार घटिरहने अवस्थाले फेरि अर्को चुनौती सृजना गर्न सक्दछ । त्यसकारण यो क्षेत्रमा पनि ‘सिनर्जेटिक इफोर्ट’को जरुरी मैले देखेको छु । सिनर्जेटिक इफोर्टले व्यापार, प्रडक्टभिटी र इफिसेन्सीमा पोजेटीभिटी ल्याउँछ ।
यो विषयलाई नेपाल लाइफसँग जोडेर हेर्दाखेरि त्यो चुनौती हामीलाई पनि छ । तर, जबदेखि बजारमा समस्या आउन थाल्यो, हामीले इफिसेन्सीको पार्टमा कष्ट रिडक्सनका कुराहरू, क्षमता अभिवृद्धिका कुराहरू र केही नीतिगत व्यवस्थाहरू समेत गरेर अगाडि बढिरहेका छौँ । यो बीचमा हामीले १७१ अर्ब रुपैयाँको लगानीलाई पनि बढाउन सकेका छौँ । आफ्नो लगानीयोग्य रकमलाई कसरी प्रयोग गर्ने भन्ने हुन्छ । आफूले गर्नुपर्ने सुधारहरू गर्दै हामी मार्केट जसरी चल्छ त्यसको डबलमा चल्न सकने भएका छौँ ।
बीमा उद्योग यस्तो अवस्थामा कसरी चल्नुपर्छ जस्तो लाग्छ ?
बजारमा समस्याहरू आए पनि यहाँ अवसरहरू पनि छन् । जहाँ बीमाको पहुँच पुगेका छैन त्यो ठाउँमा पहुँच पु¥याउने हो भने स्थितिलाई सहज बनाउन सकिन्छ । त्यसका लागि हाम्रो निमायक निकाय नेपाल बीमा प्राधिकरण र हामी कम्पनीहरूले समेत जनचेतनाको काममा अग्रसर हुनुपर्दछ । बीमा जागरणको कुरालाई हामीले तल्लो तहसम्म पु¥याउने र बजारलाई भ्राइबेन्ट गर्नुपर्दछ । यसो गर्न सक्यौँ भने कम्पनीहरूको गति बढ्नाका साथै बीमा व्यवसायलाई बढाउन सकिन्छ ।
मर्जर र एक्विजिसनबाट हुने फाइदा र बेफाइदाबारे तपाइँले अगाडि पनि उल्लेख गरिसक्नुभयो । तै पनि, अरु कम्पनीहरूको मर्जरबाट नेपाल लाइफमाथि दबाब कत्तिको परेको छ ?
नेपाल सरकारले तोकेको अथवा आफ्नो रेगुलारटीले तोकेको चुक्ता पुँजी भनेको पाँच अर्ब हो । तर नेपाल लाइफ अहिले पनि ८ अर्ब चुक्ता पुँजी बोकेर रन गरिरहेको एउटा सवल कम्पनी हो । त्यसैले अरुको मर्जरबाट हामीमाथि दबाब आउने कुनै कुरै छैन र हामीलाई तत्कालका लागि मर्जरको आवश्यकता पनि छैन ।
कम्पनीको मेरुदण्डको रुपमा रहनुभएका अभिकर्ताको संख्या पनि हामीसँग पर्याप्त छ । अहिले पनि हाम्रो कम्पनीबाट लाइसेन्स लिएर काम गरिरहनुभएका दुई लाख जना अभिकर्ता हामीसँगै हुनुहुन्छ । यसको बलमा अब हामीले चालू आर्थिक वर्षको लक्ष्य भेट्नेगरी गति बढाइसकेका छौँ । त्यस अनुसार विभिन्न प्रभावकारी बीमा योजनाहरू अघि सारेका छौँ । जसलाई बीमा चाहानेहरूले मन पराइरहनुभएको छ ।
म तपाइँमार्फत भन्न चाहान्छु कि नेपाल लाइफ बजारमा आउने सम्पूर्ण चुनौतीहरूको सामना गर्न तयार छ । प्रतिस्पर्धात्मक बजारमा हामी श्रेष्ठता कामय गर्ने रफ्तारमा छौँ । जति धेरै स्वस्थ प्रतिस्पर्धा हुन्छ त्यति नै हामीलाई काम गर्न ऊर्जा भरिँदै जान्छ । त्यसकारण बजारले सृजना गरेको प्रतिस्पर्धा पनि नेपाल लाइफले सहर्ष स्वीकार गर्दछ ।
पछिल्लो समय बीमा पोलिसी नवीकरण नगर्ने र सरेन्डर गर्नेको संख्या बढेको पाइन्छ, के कारणले यस्तो भइरहेको छ ?
यो विषयको मुख्य कारण भनेको मानिसमा भएको क्रयशक्ति घट्नु नै हो, जुन कुरा अगाडि पनि हामीले चर्चा गरिसकेका छौँ । त्यससँगै जोडिएको आर्थिक चुनौतीका कुराहरूका कारण पनि यसको कारण बनेर अगाडि आएको छ । समग्रतामा हेर्ने हो भने जब मान्छेसँग पैसा नै हुँदैन भने यो समस्या आउनु नौलो कुरा त होइन भने राम्रो पनि पक्कै होइन । यसबाट हामी कम्पनीहरू चिन्तित छौँ र सरोकारवालाहरू पनि चिन्तित बन्नुपर्ने बेला आएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स साढे दुई दशक पुरानो कम्पनी बनिसक्यो । आजको दिनमा यो कम्पनीले कुन स्थानमा बसेर काम गरिरहेको छ ?
हामी २४औँ वर्षको यात्रामा छौँ । आज हामीले कुल बजारको करिब २६ प्रतिशत होल्ड गरेका छौँ । हामीले अहिलेसम्म ३० लाख भन्दा धेरै जीवन बीमा पोलिसीहरू जारी गरेका छौँ भने १६ लाख भन्दा धेरै बीमा पोलिसीहरू अहिले पनि क्रियाशील छन् । हामी ग्राहकमा केन्द्रीत भएर अगाडि बढिरहेका छौँ ।
बीमा गर्दा पहिलो किस्ता हाल्छन्, तर दोस्रो किस्ता हाल्न नसक्दा बीमा खारेज हुने अवस्थामा जान सक्छ, यस्तो अवस्थामा ग्राहकले पैसा फिर्ता पाउँछन् कि पाउँदैन् ?
यो नीतिगत रूपमा आएका कुराहरू हुन् । हामीले प्रोडक्टको डिजाइन गर्दा पनि यस्तो कुराहरू आएको हुन्छ । तपाइँले उठाउनुभएको कुरा एक किस्ताको हकमा ठिक हो । तर, दुई किस्ता तिरिसकेका ग्राहकको पेड अफ भ्यालूृ आइसकेको हुन्छ । यसले गर्दा पेडअफ भ्यालुको रेस प्रोडक्ट भएको हुन्छ । सँगसँगै हामीले किस्ता समयमा तिर्न नसक्नुभएका ग्राहकहरूलाई लक्षित गरी ‘रिभाइबल’को स्किमहरू पनि ल्याइरहेका हुन्छौँ । एक वर्ष वा दुई वर्षको ढिलाइले ठूलो पेनाल्टीमा अट्याक गरेको हुँदैन् । त्यसकारण बीमा गर्नुभएकाहरूले पहिलो किस्ता हालेर छोड्नु र दोस्रो वा तेस्रो किस्ता हालेर सरेन्डर गर्नु आफ्नो बाध्यता होला, तर राम्रो र दीर्घकालीन सोचभित्र त्यो कुरा पर्दैन । किनभने हामीले एक–दुई वर्षलाई मात्रै हेरेर बीमा गरेका हुँदैनौँ । औषतमा हेर्ने हो भने १५–२० वर्षपछि बीमाबाट हुने आम्दानी, जीवन सुरक्षा र बचतको समेत अवस्थालाई हेरेर योजनाका साथ बीमा गरिएको हुन्छ । सकेसम्म जारी राख्नु नै उपयुक्त हुन्छ । त्यसबाट कालान्तरमा बीमितले नै अधिकतम लाभ लिन सक्नुहुनेछ ।
बीमा जीवन सुरक्षाका लागि हो कि बचतका लागि ?
मेरो तर्फबाट भन्ने हो भने बीमा बचत भन्दा पनि रिस्क प्रोटेक्सनका लागि हो । बीमा गर्दा आफ्नो परिवारलाई सहयोग पुग्छ र सँगसँगै बचत पनि हुने नै भयो । निरन्तर कमाइ गर्ने होस् वा निरन्तर कमाइ नगर्ने होस् दुवै पक्षका लागि बीमा अतिआवश्यक छ । तर, धेरैले यसबारे राम्रोसँग जानकारी नपाउनुभएर गर्न पाउनुभएको छैन । यसबारे पनि हामीले साच्नुपर्दछ । साथै, बीमितिको शेषपछि मात्रै बीमा भुक्तानी हुन्छ भन्ने गलत सन्देश पनि बजारमा रहेको पायन्छ । यो बिलकुल गलत हो । हरेक वर्ष किस्ता तिरेर हामीले पैसा जम्मा गरेका हौँ । यसले नै पछि आफ्नो परिवारलाई फाइदा पु¥याउने हो । बीमाले रिटायरमेन्टको प्रोटेक्सन गर्छ । यो अति आवश्यक आर्थिक पाटो हो भनेर सबैले बुझ्न जरुरी छ ।
अन्तरवार्ताको अंश
FACEBOOK COMMENTS