काठमाडौं । सिटिजन लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ९ लाख जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।
यो आइपीओमा कुल १५ लाख ८४ हजार ५९७ जनाले आवेदन दिएकामा १ लाख ७७ हजार ३६० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइएमबी क्यापिटलले जानकारी गराएको छ । योग्य १४ लाख ७ हजार २३७ आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।
कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आपीओ बिक्री खुला गरेको थियो । सर्वसाधारणका लागि कुल ९० लाख कित्ता सेयर बिक्री गरिएको थियो ।लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।
FACEBOOK COMMENTS