काठमाडौं । मिड सोलु हाइड्रोपावरको साधारण सेयर भोलिदेखि निष्कासन हुने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले ६ करोड २१ लाख १७ हजार २ सय रुपैयाँको ६ लाख २१ हजार १७२ कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ ।
शुक्रबारदेखि निष्कासन हुने साधारण सेयरका लागि छिटोमा असोज २ गते र ढिलोमा असोज १२ गतेसम्म निष्कासन तथा बिक्री खुला गर्न लागिएको एनआईसी एसिया क्यापिटलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मिड सोलुले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । जारी पुँजीको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँबराबरको १०० अंकित दरका ७ लाख ४८ हजार ४०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरी बाँडफाँड भइसकेको छ ।
त्यस्तै जारी पुँजीको १० प्रतिशत अर्थात् ७ लाख ४८ हजार ४०० कित्ता साधारण सेयरमध्ये १०० अंकित दरका ७४ हाजार ८४० कित्ता साधारण सेयर विदेशमा रोजगारीमा रहेका नेपालीलाई निष्कासन तथा बाँडफाँड गरिएको छ ।
उक्त सेयर बाँडफाँडपश्चात् कर्मचारीलाई १४ हजार ९६८ ९२ प्रतिशत० तथा सामूहिक लगानी कोषका लागि ३७ हजार ४२० कित्ता (सर्वसाधारणमा निष्कासन गर्ने सेयरको ५ प्रतिशत) सुरक्षित गरिएको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।
FACEBOOK COMMENTS