काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच विभिन्न ७ बुँदे सहमति भएको छ।
सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आन्दोलनरत शिक्षकहरूसँग सरकारले सहमति गरेको बताएकी छन्।
सिंहदरबारमा शुक्रबार अपराह्न आन्दोलनरत शिक्षकका प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो।
पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री शर्माले शिक्षकहरूसँग सरकारले सहमति गरेको बताइन्।
विद्यालय शिक्षा विधेयकका कतिपय विषयमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले गत असोज ३ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्।
FACEBOOK COMMENTS