(विवेक दुगड नेपालको प्रतिष्ठित व्यापारिक घराना एमभी दुगड ग्रुपका उपाध्यक्ष हुन् । लिखु हाईड्र«ो अन्तर्गत तीन परियोजन लिखु–वान, टु र ए वित्त क्षेत्रमा सनराईज बैंक, गुरास लाइफ ईन्सुरेन्स, सानिमा जनरल इन्सुरेन्स र अटो क्षेत्र अन्तर्गत रोयल ईन्फिल्ड मोटरसाईकल, भेस्पा र अप्रिलियाका स्कुटर, महिन्द्रा, र जोन डियरका भेहिकल तथा एमकेजी ब्राण्डका हेभी ईक्युपमेण्टमा एमभी दुगड ग्रुपको लगानी रहेको छ । यसरी एमभी दुगड ग्रुपले हाल सेवामुखी व्यवसायलाई प्राथमिकतामा राख्दै उर्जा, सवारी साधन र वित्त क्षेत्रमा लगानी विस्तार गर्दै आएको सन्दर्भमा ग्रुपको विगत र वर्तमान , सेवामुखी ब्यापारमा देखाउदै आएको तदरुकता, नेृपालमा लगानी वातावरण लगायतका बिषयमा केन्द्रित रहि कर्पोरेट पत्रिकाका सरोज ओझाले उपाध्यक्ष दुगडसँग गरेको कुराकानी )
यहाँको व्यवसायिक पृष्ठभूमि त पुस्तेनी व्यवसायसँग जोडिएको छ, यस कामलाई निरन्तरता दिई राख्दा कत्तिका चुनौतीहरु पार गर्नुभयो ?
हामी चौथौ पुस्ता हौं, यो ब्यवसाय सम्हाली रहेका छौं । समय अनुसारको चुनौती हाम्रो बुवाबाजेले पनि सामना गर्नूभयो र हामीले पनि गर्दै आइरहेका छौं । हाम्रो पुर्खाले गर्नुभएको मिहेनतका कारण नै आज हामी यो स्थानमा छौं । व्यापार र चुनौती भनेका एक अर्काका परिपुरक हुन्, त्यसैले व्यापार गर्नेले चुनौतीको सामना गर्नै पर्दछ । अहिलेको समयमा हुने व्यापारिक प्रतिस्पर्धा भन्दा आफुलाई अगाडी राख्न पनि चुनौती नै छ ।
तपाईको पुर्खाहरुले सुरु गर्नुभएको लत्ताकपडा तथा खाद्यन्नको क्षेत्रलाई छाडेर सेवा मुलक व्यापार, हाइडो«, अटो सेक्टरमा लगानी बढाउनु भएको छ । एम बी दुगर्ड समुहको प्राथमिकताको क्षेत्र यिनै हुन् ?
हो, हाम्रो एम बी दुगड ग्रुपले हाम्रो फ्यूचरको भिजन बनाएका छौं, हामीले अबका २० बर्षमा अटोमोवाइल, हाइड्रोपावर, वित्तिय क्षेत्र टार्गेट गरेर हाम्रो व्यापार विस्तार गर्नेछौं । हामीले अटोमोवाइल क्षेत्रमा ४८ बर्ष विताइसकेका छौं र यही क्षेत्रलाई विस्तार गर्ने तर्फ हामीले काम गरिरहेका छौं । यसका साथै वित्तिय क्षेत्रको कुरा गर्नु पर्दा सनराईज बैंक, गुराँस लाइफतथा सानिमा जनरल ईन्स्योरेन्सको हामी मेजर प्रोमोटर छौं । हामी भर्खर मात्रै मनकामना इन्भेस्टमेन्ट प्रा.ली.को नाममा इन्भेष्टमेन्ट कंपनी पनि सुरु गरेका छौं । वित्तिय क्षेत्रमा आगामी दिनमा अझै लगानीका क्षेत्र पहिचान गरी अगाडी बढाउँदै लैजाने छौं ।
साथै, हामीले हाइडो« क्षेत्रमा पनि लगानी गरिरहेका छौं । हाम्रो समुहको लगानीमा लिखु वान, टु र ए गरेर तीन वटा प्रोजेक्टको काम धेरै अगाडी बढेको छ । सायद, २०२० मा हामीले काम सम्पन्न गछौं । यससँगै हामीले १ सय ८६ मेगावार्टको नयाँ प्रोजेक्टको शुुरु गर्दैछौं । यो नेपालको पहिले निजी क्षेत्रको पिकिङ्ग वाउन्डलेस प्रोजेक्ट हुनेछ । हाम्रो लक्ष्य आउने सात बर्ष भित्रमा पाँच सय मेघावाट विजुली प्रसारण लाइनमा जडान गर्नु हो ।
हाइड्रो क्षेत्रमा लाईसन्स देखि ग्रीडमा लाइन जोड्न पनि अनेका अप्ठ्याराहरु छन् । यस क्षेत्रमा लगानी कत्तिको सुरक्षित हुने देख्नुहुन्छ ?
मैले अगाडी नै भनिसके व्यापार भनेको जोखिम नै हो । जोखिम विना व्यापार संभव पनि छंैन् । त्यस माथि हाम्रो जस्तो निती नियम स्पष्ट रुपमा नबनिसकेका र निर्माणको चरणमा रहेका विकाशोन्मुख मुलुकमा लगानी गर्नु जोखिम नै छ । तर तपाईले सहि तरिकाले नियम भित्र बसेर काम गर्नुभएको छ भने सरकारी तहबाट पनि तपाईलाई सहयोग नै हुन्छ । त्यसैले आफुले अफिसको कोठा भित्र बसेर सरकारले यो गरेन र यो भएन् भन्नु भन्दा आफ्नो तर्फबाट पहल गर्नु राम्रो हुन्छ । सरकारसँग हामीले तथ्यांक र प्रमाण सहित निरन्तर वार्ता तथा छलफल गर्ने हो भने हाम्रो समस्याको समाधान पक्कै निस्कन्छ । लिखुमा यातायातका लागि १ सय ३५ किलोमिटर रोड , सात वटा पुल तथा ४५ किलोमिट ट्रान्समिसन लाईन पनि हामी आफैले तानेका छौं । यी सबै गर्नका लागि हामीलाई सरकारी सहयोग मिलेको नै थियो । त्यसैले सबै कुरा सरकारको मुख ताक्नु भन्दा सरकार र निजी क्षेत्रले सहकार्य गरेर अगाडी बढ्न सकेमा राम्रो हुन्छ ।
तपाईहरुको आयोजना समयमा नै सम्पन्न हुन्छ ?
हाम्रो आयोजना समयमा नै सम्पन्न गर्छौं । हाम्रो लिखु वान, टु र एक तीन प्रोजेक्टको काम चलिरहेको छ । तीन मध्ये एकको त हामी समय भन्दा एक दुई महिना अगाडी नै सम्पन्न गछौं । हामीले सात महिनामा टनेल ब्रेक थ्रु गरेका छौं भने तीन वटै प्रोजेक्ट मिलाएर १४ –१५ कि.मी. टनेल एक बर्षमा निर्माण गरिसकेका छौं । संभवत हामी नेपालमा पहिलो होला जसले यति छोटो समयमा यति धेरै काम गरेको । हामीले काम गरिरहेका छौं र समयमा नै मुख्य प्रसारण लाईनमा विजुली पठाउने छौं ।
अहिने नेपालको वातावरण व्यवसाय मैत्री छ ?
अहिले अलि व्यवसायको वातावरण गाह्रो छ । देश प्रादेशिक संरचनामा गईसकेको अवस्था र नयाँ कानुन तथा नियमहरु बन्दै गरेको अवस्थाका कारण केहि अप्ठ्याराहरु आईपरेका छन् । देशमा नयाँ सिस्टम नबसिसकेका कारण पनि यस्तो भएको हो । यसले गर्दा व्यापारमा केहि मन्दी छाएको छ ।
त्यसो भए व्यापारीक क्षेत्रमा देखिएका समस्या के के छन ्भन्ने बारे पनि प्रष्ट पारिदिनूस् न ?
हामी नयाँ प्रणालीमा गईसकेका त छौं तर व्यवहारिक रुपमा त्यसमा धेरै चुनौतीहरु देखिएका छन् । राजस्व तथा कर सम्बन्धी केन्द्र र प्रदेश सरकार बीच भएका मदभेद, प्यान लगायतका कुराले हाललाई केहि असहज अवस्थाको सृजना गरेको छ तर यो दिर्घकालका लागि देशलाई आर्थिक रुपले मजबुत बनाउन राम्रो हो । त्यसैले अहिले देखिएका निती नियम सम्बन्धीका समस्याको चाँडो भन्दा चाँडो समाधान हुनुपर्दछ, होइन् भने यसले हाम्रो अर्थतन्त्रलाई धरासायी बनाउँछ ।
अटोमोवाइल क्षेत्रमा पनि ४८ बर्ष पार गरिसक्नुभएको छ, यस क्षेत्रको समस्यालाई कसरी हेर्नुभएको छ ?
अहिले अटो सेक्टरको सबै भन्दा ठूलो समस्या फाईनान्सको देखिएको छ । अहिले बैंकहरुले गरेको अटो लोनको कडाईले यो क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको छ । बैंकहरुले कर्मशियल अटो लोनमा लगानी गर्न नचाहेको अवस्था छ । दुई पांग्रे सवारीका लागि लोनको समस्या नभए पनि कार, ट्रक, बस, टिप्पर, लोडर, डोजर लगायतका कर्मशियल अटो लोनमा बैंकले लोन दिएर जोखिम लिन नचाहेको देखिन्छ । यसले गर्दा कर्मशियल गाडीको बिक्रीमा ७० प्रतिशत सम्म डिग्रोथ देखिएको छ । यो देशको अर्थतन्त्रका लागि राम्रो होइन् । यसको समाधानका लागि राष्ट्र बैंकले सहजिकरण गरिदिन आवश्यक छ ।
वित्तिय क्षेत्रमा पनि तपाईहरुको लगानी रहेको छ ,यस क्षेत्रको लगानी अन्य क्षेत्रको तुलनामा सुरक्षित छ भनिन्छ, त्यसो हो ?
बैंक तथा वत्तिय संस्था भनेको देशको अर्थतन्त्रको प्रतिविम्ब हो । यदि देशमा व्यापार व्यवसाय राम्रो छ ,तथा लगानीको वातावरण राम्रो छ भने बैंक तथा वित्तिय संस्था पनि राम्रो अवस्थामा रहन्छन् । तर देशमा लगानीको वातावरण नै छैन् भने बैंक तथा वित्तिय संस्थाहरु प्नि धरासायी बन्छन् । हाल देशको जिडिपी पनि राम्रो छ भने आर्थिक बृद्धि पनि राम्रो अवस्थामा रहेकाले बैंककोे लगानी पनि सुरक्षित नै छ । बैंकको नाफा बढ्ेको देखिएता पनि कोर क्यापिटलबाट रिटर्न हेर्दा अन्य क्षेत्रको भन्दा कम छ ।
नेपालमा बैदेशिक लगानी भित्र्याउनु कतिको उचित होला?
बैदेशिक लगानी कस्तो लगानीलाई मान्ने भन्नेमा नै अन्योल छ । नेपाली बैंकहरुको पैसा लगानी गरेर मात्र बैंक ग्यारेन्टी लिएर गर्ने लगानीलाई म बैदेशिक लगानी मान्दिन् । लगानी सबै नेपाली रुपैंयामा हुने र नाफा चाहीँ डलरमा बाहिर लैजानका लागि हामीले किनलगानी गर्न दिने ?यदि डलर नै नेपालमा ल्याएर लगानी गर्छ र नाफा लैजान्छ भने मात्र त्यसलाई म बैदेशिक लगानी मान्छु । यस्ता लगानी कम मात्रामा देशमा आएका छन् तर ठूलो लगानी भित्रिएको भने छैन् ।
ठूला आयोजनाका लागि नेपाल सरकारले वैदेशिक लगानीको आवश्यकता महशूश गरेको बुझिन्छ,
यसो हुनुमा नेपालका व्यवसायीहरु ठूलो लगानीका लागि तयार वा सक्षम नभएर हो त ?
नेपालमा ठूला वैैदेशिक लगानी भनेका सबै ठाँउमा नेपाली लगानी नै हो । कहि पनि वैैदेशिक लगानी छैन, हाम्रै बैंक तथा वित्तिय संस्थाका लगानी हुन् । अहिलेसम्म भएका लगानी हाम्रै बैकिङ्ग सेक्टरले धान्न सकेको छ भने भविश्यमा पनि गर्न सक्छ । सरकारले धेरै ठूलो लगानी धान्न सक्दैन् भन्ने लाग्यो भने विदेशी लगानी ल्याउँनप¥यो । तर त्यो लगानीबाट आएको फाइदा विदेशमा हामीले लैजान् दिन सक्ने अवस्थामा हामी छौं त ?अहिले पनि अबौं रुपैंया डिभिडेन्टको रुपमा नेपाल बाहिर गईरहेको छ । भोली अझ धेरै रुपैंया बाहिर जाने अवस्था आउँछ । हामी पैंसा बाहिर लैजान् दिने परिस्थितीमा छौं, त त्यो कुरा सोच्नु जरुरी छ ।
साथै, अहिले सय मेघावाट भन्दा ठूलो हाईडे«ामा धेरै लगानीहरु नेपालका बैंकहरुले नै गरिरहेका छन् । करिब एक हजार पाँच सय मेघावाटको हाइड्रो पावर आयोजनामा विभिन्न बैंक तथा वित्तिय संस्थाले लगानी गरिरहेका छन् भने पछि अरु पनि गर्न सक्छन् । यदि सरकारले विदेशी लगानी नै ल्याउने हो भने एयरपोर्ट तथा सुरुङ्ग मार्गका लागि ल्याउन सक्छ । अन्य क्षेत्रमा नेपालभित्रकै लगानी सक्षम छ ।
नेपालको वातावरणलाई अझै व्यवसाय मैत्री बनाउन के गर्नु पर्ला ?
कुनै पनि विकास निर्माणका योजना बन्दा स्थानिय तह देखि कानुनी रुपमा आउने बाधालाई राम्रो नियम तथा कानुन बनाई समाधान गर्नु पर्दछ । त्यसै गरी स्थानिय व्यक्तिलाई उनीहरुको गाँउठाँउमा आएको योजनाले तत्काल लाभ नहेरी दिर्घकालीन लाभ हेर्नुपर्ने कुराको जनचेतना फैलाउनु आवश्यक छ । निर्माण कार्य चलिरहेका योजनाको कुनै पनि कारणले योजना विचमा रोक्न नहुने कानुनी रुपमा नै व्यवस्था गरिनु पर्दछ । यसमा आएका समस्यालाई नितीगत रुपमा नै समाधानतर्फ लाग्न सकेमा मात्र देशको विकास हुन्छ ।
नेपालमा लगानीका लागि पोटेन्सियल (संभावित) क्षेत्रहरु कुन कुन हुन् ?
कुनै पनि देशको विकासका लागि आफ्नो देशमा भएको कच्चापदार्थको पहिचान गरी त्यसमाथि गरिएका काम नै सफल भएका छन् । हाम्रो देश विकासको मुख्य कडी नै पर्यटन हो । हाम्रो देशमा भएको जस्तो सुन्दरता विश्वमा कहि पनि छैन् । तर त्यसका लागि पूर्वाधारको विकास हुनु जरुरी छ । यसले देशको ठूलो जनशक्तिलाई पनि काम दिन्छ । त्यसैगरी, हामीसँग भएको जलविद्युतको संम्भावना पनि देश विकासका लागि महत्वपूर्ण स्रोत हो । विद्युत उत्पादन गरेर विदेशमा बेच्न सके देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन आउँछ । त्यसैले हामीले हाम्रो स्रोत र साधनको प्रयोग हुने खालका आयोजनामा लगानी गर्न सके मात्र विदेशी मुद्रा स्वदेश भित्राएर आर्थिक अवस्था उठाउन सक्छौं ।
नेपालमा कृषिको पनि प्रचूर संभावना रहेको देखिन्छ । यसको विकासका लागि के गर्न सकिन्छ ।
हामी सम्पूर्ण कृषि उपजमा आत्मनिर्भर हुन् संभव छैन् किनभने हाम्रो कृषिका लागि जमिन कम छ भने जनसंख्या बढी रहेको छ । हामीले हाम्रो वातावरणमा ध्यान दिन जरुरी छ । हामी कहाँ उत्पादन भएको कफिको माग विश्वबजारमा छ । त्यसै गरी नेपालको स्टबेरी भारतमा प्रिमियर भाउमा बिक्री हुन्छ । हामीले उत्पादन गरेको किवी , एबोगाडोको माग उच्च छ । हामीले कृषिका सस्तो उत्पादनलाई आयात गरेर केहि फरक पर्दैन तर त्यसको सट्टामा महंगा कृषि उपज हामीले अन्य मुलुकमा निर्यात गर्न सक्नु पर्दछ । तर हामी निर्यात गर्नेे हाम्रो वस्तुको गुणस्तर र ब्रान्डिङलाई ध्यानमा राखेर काम गर्नु पर्दछ । हामीले राम्रो आर्थिक आय गर्न हाम्रो माटो र वातावरण सुहाउँदो कृषि उत्पादनमा जोड दिन सकेमा मात्र कृषिबाट राम्रो आय गर्न सक्छौं ।
कृषि र पर्यटन क्षेत्रको संभावनाको कुरा गरिरहदाँ तपाईहरु यो क्षेत्रमा प्रवेश गर्ने संभावना कत्तिको छ ?
हामीहरु यो क्षेत्रमा आउने तत्काल कुनै संभावना छैन् । अहिले हामी जलविद्युत, अटो मोवाईल सेक्टरमा नै फोकस गरिरहेका छौं । हाम्रो देशमा जलविद्युतको संभावना कहाँ छ जहाँ कुनै विकास भएको छैन् । हामीले त्यस्ता ठाँउमा गएर बाटो तथा पुल निर्माण गरी योजनाको काम अगाडी बढाएका हुन्छौं । यसले त्यहाँका स्थानियको जनजिवन पनि सहज भएको छ ।
यहाँहरुले सेवामुखी व्यवसायलाई जोड दिदै गर्दा संतुष्टिका हिसाबले कुन क्षेत्रबाट बढि प्रभावित हुनुहुन्छ त ?
यस दौरानमा हामीले धेरै कामहरु ग¥यौं तर जुन सन्तुष्टि हाइड्रो सेक्टरमा गरेर पाएका छौं अन्य क्षेत्रबाट पाएका छैंनौं । यस क्षेत्रमा काम गर्दा व्यापारका साथै जनसेवा गर्न पनि पाएका छौं । त्यसैले हामी खुसी र सन्तुष्ट छौं ।
FACEBOOK COMMENTS