काठमाडौं । नवनियुक्त अर्थसचिव कृष्णहरी पुष्करले सरकारले आम लगानीकर्ताले महसुस गर्ने गरी पुँजीबजारमा सकारात्मक निर्णय निकट भविष्यमै गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको तेस्रो वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै नवनियुक्त अर्थसचिव पुष्करले उक्त कुरा बताएका थिए ।
उनले भने जस्तै उनी न्युक्त भएको दिन देखिनै सेयरबजारमा उत्साह छाएको छ । राष्ट्र बैंकले केही विषयलाई सुधार गर्ने अपेक्षामा मनोबल बलियो बनाएका लगानीकर्ताको सक्रियता बढेसँगै पछिल्ला ३ कारोबार दिनमा बजार परिसुचक नेप्से झण्डै ७० अंकले उकालो लागेको थियो भने कारोबार रकममा पनि सुधार आएको थियो ।
पुष्करले उक्त कार्यक्रममा भनेका थिए,”सरकारले पुँजीबजार सुधारमा आवश्यक कदम चाल्दै छ । त्यसको सन्देश तपाईंहरूले छिट्टै पाउनु हुन्छ। राज्यको अर्थतन्त्र विषम परिस्थितिमा छ । अर्थतन्त्रको प्रमुख समस्या भनेको अस्थिरता आउनु हो, जो विभिन्न कारणले हो । नेपालको अर्थतन्त्रको मेरुदण्ड भनेको व्यवसायीहरू नै हुन् । सरकार व्यवसायीको मनोबल उकास्न आवश्यक प्याकेज ल्याउँदै छ त्यसका लागि म अहोरात्र खटेर लागेको छु।’
FACEBOOK COMMENTS