अन्जनराज न्यौपाने
तनहुँ, १४ माघ -जिल्ला स्थित ऋषिङ गाँउपालिका-१ बेलटार भन्ने स्थानमा गाँउपालिका स्तरीय रनिंङसिल्ड प्रतियोगिता शुरु भएको छ।उक्त प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले मन्तब्यका क्रममा खेलकुद र खेलाडी विना मुलुकको विकास संभाव नहुने बताए । उनले कुनै पनि खेल खेल्दा खेलाडीहरुमा अनुशासनको अति नै आवश्यकता भएको बताउदै शिक्षा र खेलकुद जीवनमा विद्यार्थीका लागि अभिन्न अंग भएको जनाउदै प्रत्येक विाद्यर्थीले खेल खेल्दा नियम र अनुशासनको ख्याल राखे सफल हुने बताए ।
यसैगरी विशिष्ट अतिथिका रुपमा रहेका ऋषिङ गाँउपालिकाका प्रमुख राजेन्द्र कृण्ण श्रेष्ठले आफ्नो शुभकामना मन्तब्यमा खेलकुदको माध्यमबाट ब्याक्तिको शारीरिक ,मानसिक एवम संवेगात्मक विकास हुने भएको बताउदै राष्ट्रको चौतर्फी विकासमा खेलाडीहरुको महत्त्वपूर्ण भूमिका हुने बताए । ‘उनीहरुको मनोबल उच्च राख्न प्रत्येक अभिभावकले सचेत हुनु जरुरी उनले भने।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमाकान्त शर्माले विद्यार्थीहरुको व्यक्तित्व र अन्तरनिहित प्रतिभाको विकास खेलकुदबाटै संभव हुने बताए । खेलकुदले खेलाडीमा आत्मरक्षा कसरी गर्ने ,अनुशासित कसरी हुने, समयको परिपालन कसरी तय गर्ने, अनुशासनको पालना कसरी गर्ने जस्ता विषयमा जानकार हुन खेलका माध्यमबाट नै संभाव रहेको समेत उनले बताए ।
सोही गाँउपालिका -१ का वडाध्यक्ष श्रीबहादुर आलेले आफ्नो वडामा गाँउपालिकाकै ठूलो खेलकूद कार्यक्रम हुनु गौरवको विषय भएको बताउदै गाँउपालिका स्तरीय रनिंङसिल्ड प्रतियोगिताले दुरदराजका स्थानीय खेलाडीहरुमा उच्च सम्मान मिलेको र खेलाडीलाई खेलकुद प्रतिको मोह दिन प्रतिदिन बड्दै गएको धारणा राखे । ‘यस क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताको आवश्यकता छ’ उनले भने।
यस्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले प्रत्येक खेलाडीले अनुशासित ,निडर र उदेश्यमुखी भए पक्कै सफल हुन सक्ने बताए । खेलाडी रहे मात्रै खेलकुद र राष्ट्रको ईज्जत् रहने बताउदै विभिन्न समयमा प्रत्येक तहका खुलाडीहरुलाई दक्ष ,अनुभवी तथा राष्ट्रिय रुवं अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकबाट तालिम दिनु अनिवार्य भएकोमा जोड दिए।
यसैगरी जिल्ला समन्वय समितिकि उप-प्रमुख पवित्रा पौडेल ,प्रमुख प्रशासकीय अधिकृत चण्डीका प्रसाद पौडेल ,जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शिवहरि पण्डित लगायतका वक्ताहरुले शुभकामना मन्तब्यका क्रममा खेलकुद र खेलाडीले राष्ट्रको सर्वाङगीण विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। उक्त गाँउपालिका स्तरीय रनिङ सिल्ड माघ १४ गतेदेखि १६ गतेसम्म श्री शुक्ला माध्यमिक विद्यालय (१ बेलटारमा जारी रहने विद्यालयका शिक्षक प्रमोद न्यौपाने जानकारी दिए।
FACEBOOK COMMENTS