काठमाडौं, माघ १५- भारतीय पाम आयल व्यवसायीहरूले पाम आयल आयात गर्दा नेपाललाई दिइरहेको भन्सार दर छूट हटाउन भारत सरकारसँग लबिइङ शुरू गरेका छन् । भारतका तेल उत्पादकहरूको छाता संगठन सोलभेन्ट एक्सट्र्याक्टर्स एशोसिएशन अफ इन्डिया ९एसईए० ले नेपालबाट दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्झौता ९साफ्टा० अन्तर्गत शून्य भन्सार सुविधामा पाम आयल आयात नगर्न आफ्नो सरकारलाई आग्रह गरेको हो ।
पाम आयल आयात गर्दा भन्सार दरमा छूट नदिन आग्रह गर्दै एसईएले सोमवार भारतका वाणिज्य मन्त्री पीयूष गोयललाई अनुरोध गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
नेपालले साफ्टाअनुसार शून्य भन्सारमा पाम आयल भारत निर्यात गर्न दिन भारत सरकारलाई दबाब दिइरहेको एसईएको बुझाइ छ । त्यसपछि एसईएले त्यसरी पाम आयलको आयात गर्न अनुमति नदिन आफ्नो सरकारलाई दबाब दिएको बताइएको छ ।
समाचारअनुसार एसईएका अध्यक्ष अतुल चतुर्वेदीले भनेका छन्, ‘नेपालले भारतमा निर्यात गर्ने पाम तेलले उत्पादनको उत्पत्ति र मूल्य अभिवृद्धिका नियमहरू पूरा गर्दैन । यस्ता प्रकारका उत्पादनहरूलाई कुनै पनि हालतमा भारतमा भित्रिन दिनु हुँदैन ।’ पाम आयलको आयात गर्न अनुमति दिएमा भारतको राजस्व संकलन, स्वदेशी उद्योग र तेलहनका किसानहरूसमेत प्रभावित हुने उनले बताए ।
गत पुस २३ गतेदेखि भारत सरकारले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि नेपालबाट भारततर्फ प्रशोधित पाम आयल निर्यात हुनसकेको छैन ।
यद्यपि, सरकार तथा व्यवसायीहरू उक्त प्रतिबन्ध खुल्ने आशमा छन् । साफ्टामा भएको प्रावधान र दुई देशबीचको वाणिज्य सन्धिको आधारमा उक्त प्रतिबन्ध खुलाउन सकिने बताइएको छ ।
तर, पाम आयल निकासी गर्दा पाइरहेको सुविधा हटाउन भारतीय व्यवसायीले लबिङ गरेपछि नेपाली व्यवसायी थप त्रस्त भएका छन् । भारतले पाम आयलको आयात खुलाउने क्रममा भन्सार दर लगाएमा आप्mनो व्यापार नै ठप्प हुने नेपाली व्यवसायीहरू बताउँछन् ।
आर्थिक वर्ष २०१९/२० को अप्रिलदेखि नोभेम्बरसम्ममा नेपालले ३३ हजार ९४४ टन भटमासको तेल र १ लाख ५६ हजार १०१ टन प्रशोधित पाम आयल भारतमा निर्यात गरेको छ । उद्योग मन्त्रालयका सहसचिव नवराज ढकालले भारतले पाम आयलमा रोक लगाउनु नै नेपालको लागि पहिलो समस्या भएको बताए ।आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS