काठमाडौं । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ ।
मंगलबार बसेको बैठकले गरेको निर्णयमध्ये तीन वटा निर्णय सार्वजनिक भएका छन् ।
जसमा विशेष अदालत नियमावली, २०८० स्वीकृत गर्ने, निर्माणजन्य सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० संघीय संसदमा पेश गर्न स्वीकृति दिने र सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०८० संघीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ।
FACEBOOK COMMENTS