काठमाडौं, विश्वव्यापी रुपमा लोकप्रिय टैक्नोलोजी ब्रान्ड भिभोले नेपालमा आफ्नो फ्ल्यागशिप भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी २९ फाइभजी सार्वजनिक गरेको छ ।
आज काठमाडौको व मल्ल होटलमा एक कार्यक्रमको आयोजना गर्दै नयाँ स्मार्टफोन भव्यताको साथ लन्च गरिएको छ । भी सिरिजको निरन्तर आविष्कार, आधुनिक डिजाइन र अत्याधुनिक क्यामेरा कार्यक्षमतालाई दसांउदै भी २९ फाइभजी हाल नेपालमा उपलब्ध भएको छ।
नयाँ स्मार्टफोन सार्वजनिक गर्दै मिमी नेपालका जनरल म्यानेजर माइकलले भिभो सदैव अनुसन्धान र नवीनतालाई प्राथमिकतामा राखेर ग्राहकहरुलाई आकर्षक विशेषताका स्मार्टफोन प्रदान गर्न प्रतिबद्ध रहेको व्यक्त गरेका छन् । उनले भने, “भिमोको भी सिरिजले फोटोग्राफी, डिजाइन र कार्यसम्पादन क्षमताले प्रयोगकर्ताहरूलाई निरन्तर आकर्षित गर्दै आइरहेको छ । भी२९ फाइभजीको इमेजिङ र डिजाइनमा भएको विकास यस प्रतिबद्धताको एउटा पाटो हो। यसले मोबाइल फोटोग्राफीलाई पुनः परिभाषित गर्दै स्मार्टफोन बजारमा हाम्रो नेतृत्वलाई सुदृढ बनाउनेमा हामी विश्वस्त छौं ।”
नजिकदै गरेको चाडपर्वलाई लक्षित गर्दै, भिभोले ग्राहकहरूलाई आकर्षक पुरस्कारहरू प्रदान गर्दै “आयो दशै लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहारू अफर ल्याएको छ । यो अफर अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म लागू हुनेछ । उक्त अफर अन्तर्गत एक जना भाग्यशाली विजेताले नयाँ भिभो भी२९ फाइभजी जित्न सक्नेछन् भने ग्राण्ड पुरस्कार अन्तर्गत एक जना विजेताले रोयल इनफिल्ड आइक जिल्ने मौका पाउनेछन् । यसको साथै, भिभोले तीन भाग्यशाली बिजेताहरूका लागि बाई वान-गेट-वन अफर पनि ल्याएको छ । ६०० देखि १००० ग्राहकहरुले ब्लुटुथ स्पिकर प्राप्त गर्ने छन्, ३,००० देखि ५,००० ग्राहकहरुले भिभोको स्टाइलिश व्याग, ५००० ८००० ग्राहकहरुले भिभोको बोतल तथा १००००र १५००० ग्राहकहरुले रिचार्ज कार्ड प्राप्त गर्न सक्नेछन् । यस फाेनकाे मूल्य ५९ हजार ९ सय ९९ रूपैयाँ रहेकाे छ ।
मिभा भी२९ फाइभजी डिजाइन, क्यामेरा क्षमताहरू र कार्यसम्पादनको उत्कृष्ट संयोजन भएको एक प्रभावशाली स्मार्टफोन हो।
FACEBOOK COMMENTS