काठमाडौं । सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । बैंकले आगामी साधारणसभाका लागि सोमबार बुक क्लोज गर्ने भएको छ । त्यसैले आजसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।
बैंकले कात्तिक २ गते साधारण सभा बोलाएको छ । बैंकले सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगदसहित १४.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS